images
images
  • भीमेश्वर मन्दिर गुठिको बदमासी- वडा अध्यक्षका प्रत्यासी अजयलाई ६ लाख सहयोग, तथ्य गुपचुप राख्न खोजियो

    दोलखा– भीमेश्वर मन्दिर गुठि तथा पुजा व्यवस्थापन समितिले स्थानीय निर्वाचनअघि वडा अध्यक्षका उम्मेदवार अजय प्रधानलाई ६ लाख रुपैँया सहयोग गरिएको पाएको छ ।

    स्थानीय तहको निर्वाचन आउँन एक महिना अघि नेकपा माओवादीबाट भीनपा २ का वडा अध्यक्षका उम्मेदवार प्रधानलाई ६ लाख दिएको तथ्य प्राप्त भएको हो ।

    भीमेश्वर मन्दिर परिसर निर्माणको नाममा यसरी ६ लाख रुपैँया दिएको भेटिएको छ । भीमेश्वर मन्दिरको नाम गुठी संस्थानमा दर्ता नै नभएको भीमेश्वर गुठिले यसरी खुल्लाम खुल्ला मनोमानि ढंगले आर्थिक चलखेल गरिएको तथ्य बाहिरीएको हो ।

    2 1

    बागमती प्रदेश सरकारले मन्दिर वरपर निर्माण गर्नका लागि ५० लाख बजेट व्यस्था गरिएको थियो । उक्त कार्य गर्नका लागि प्राचिन भीमसेन मन्दिर संरक्षण तथा सम्वद्र्धन उपभोक्ता समिति निर्माणगरि अजय प्रधान आफै अध्यक्ष बसेका थिए ।

    यसरी मन्दिरको गुठिलाई नै अग्रिम पैसा लिएर यस्तो बदमासी गरिएको तथ्यलाई गुपचुप राख्न खोज्नुले समितिमाथि नै प्रश्न उठेको छ ।

    3 1

    प्राचिन भीमसेन मन्दिर संरक्षण तथा सम्वद्र्धन उपभोक्ता समितिका अध्यक्ष अजय प्रधानले यो विषयलाई गम्भीर रुपमा नलिन अनुरोध गर्दै भने,‘हो मैले भीमेश्वर मन्दिर गुठिबाट ६ लाख लिएको हो । तर, व्यक्तिगत कामका लागि लिएको होइन । भीमेश्वर मन्दिर वरपरको मर्मत तथा गेट निर्माणका लागि लिएको थिए । काम सम्पन्न भइसकेको छ ।’

    4

    उनका अनुसार रकम फिर्ता गर्ने कि नगर्ने भन्ने अहिले अन्योलकै विषय रहेको छ ।

    ‘काम मेरै नेतृत्वमा सम्पन्न भयो । तर, १५ लाख रुपैँया घाटा छ, उनले भने ।

    भीमेश्वर मन्दिर गुठिका अध्यक्ष भरत श्रेष्ठल भने यो विषयमा छलफल गर्दैछौ भनेर प्रसंग टारे । यति मात्रै होइन, यसरी गुठिको पैसा अन्यत्र लगानि गर्न मिल्छ रु कति व्याजमा दिनु भयो भनेर प्रश्न गरेपछि अध्यक्ष श्रेष्ठले भेटेर कुरा गरौला भनेर फोन काटे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images