images
images
  • सेयर बजारमा १.६७ अंकको गिरावट, ७० कारोडमा खुम्चियो कारोबार रकम

    काठमाडौं– सेयर बजारमा सामान्य गिरावट आएको छ । सेयर बजार मापन गर्ने सूचक १.६७ अंकले घटेर १९७०.६२ बिन्दुमा आएर रोकिएको छ ।

    यस्तै, आज शुक्रबार सातोको अन्तिम कारोबारको दिन २१९ कम्पनीको १८ लाख एक हजार २ सय ७३ कित्ता सेयर ६९ करोड ८८ लाख ५ हजार ९ सय ५१ रुपैयाँको सेयर कारोबार भएको छ ।

    शुक्रबारका दिन माइक्रोफाइनान्सको ०.४७, जलबिद्युत ०.९४, अन्य समूहको उपसूचक ७.२५ अंकले बढेको छ भने बैंकिङ १.७६, व्यापार ०.४४, विकास बैंक ९.६४, फाइनान्स ५.१, जीवनबिमा ५.६८, निर्जीबनबिमाको उपसूचक ३१.०१ अंकले घटेको छ ।

    सातोको अन्तिम कारोबारको दिन सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्था, रु रु जलविद्युत परियोजना कम्पनी, सामूदायिक लघुवित्त वित्तिय संस्था, मानुुषी घुवित्त वित्तिय संस्था र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीले कमाएका छन् । यस्तै, सिद्धाथ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, बुद्ध भुमि नेपाल हाइड्रोपावर कम्पनी, सप्तकोशी विकास बैंक, माहुली लघुवित्त वित्तिय संस्था र नारायणी विकास बैंकले घुमाएका छन् ।

    कारोबार रकमको आधारमा नेपाल दूूरसञ्चार पहिलो स्थानमा छ भने दोस्रो स्थानमा नबिल बैंक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images