images
images
  • आज २०७९ भाद्र १६ गते बिहिवार, यस्तो छ तपाइँको राशिफल

    काठमाडौं- आज १६ भदौं २०७९, विहीबार । तद्नुसार नोभेम्बर महिनाको १ तारिक २०२२ । भाद्रकृष्णपक्ष पञ्चमी, आज ऋषिपञ्चमी पर्व हो । महिलाहरुले ऋषि पञ्चमीको विशेष पूजा आरधना गर्ने गर्दछ ।

    काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेवको आज दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । बालब करण, स्वाती नक्षत्र, ब्रह्मा योग, चन्द्रमा तुला राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः४३ मा हुनेछ भने सूर्यास्त ६ः२६ मा हुनेछ । आजको देवता ब्रह्मा र ग्रहदेव मंगल रहेको छ । विहीबारको दिन अध्ययन, अध्यापन, लेखनको काममा ध्यान दिनुभयो भने उचित हुनेछ ।

    विहीबारको दिन धार्मिक यात्राको लागि शुभ मानिन्छ । आज विहान ११ः३९ देखि १२ः२९ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा कुनै पनि शुभकार्य गर्दा सफलता मिल्नेछ ।

    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    मित्र वा आफन्तबाट सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भोलि कतै घुम्न जाने योजना पनि बन्न सक्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    दौडधुप गर्नु गरेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्ला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने र हिम्मत बढ्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज कतै घुम्न जाने योजना बन्न सक्छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले काम सम्पन्न पनि हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज धर्मकर्म, परोपकार तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ, तर मन भने कमजोर रहन सक्छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक र दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    विद्या र बुद्धिको विकास हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ कार्यहरू सम्पन्न हुनेछन् ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग पनि गर्नेछन् ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ, तर धार्मिक कार्यमा मन चैं लाग्नेछ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प.नारायणप्रसाद दुलाल)

    प्रतिक्रिया दिनुहोस्
    images
    images