images
images
  • तीजमा नाचगान गरिरहेका बेला चट्याङ लागेर २ जनाको मृत्यु, १२ जना घाइते

    दाङ- दाङको घोराही उपमहानगरपालिका–१२ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन । गम्भीर घाइते र अन्य १० जना सामान्य घाइतेलाई अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    जिल्ला प्रहरी प्रमुख बीरबहादुर वलीले घटनास्थलमा प्रहरी पुगिसकेको र घाइतेलाई प्रहरीले उपचारका लागि अस्पताल ल्याउन लागेको जानकारी दिए ।

    वलीका अनुसार गुरगाउँमा चट्याङ लागेर मृत्यु हुनेमा सोही वडाका १९ वर्षीय मनिषा शाह र १६ वर्षीय दीपा घर्ती रहेका छन ।

    हरितालिका तीजको अवसरमा मंगलबार राती ११ वजे नाचगानका क्रममा चट्याङ लागेर उनीहरुको मृत्यु भएको एसपी वलीले बताए ।

    प्रहरीका अनुसार अनुसार घटनाबारे बुधबार बिहान ७ बजेपछि मात्रै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images