images
images
  • सिन्धुपाल्चोकमा बुहारीको चिर्पट प्रहारबाट ससुराको मृत्यु

    सिन्धुपाल्चोक- हेलम्बु गाउँपालिका-१ मा बुहारीको कुटाइबाट ससुराको ज्यान गएको छ। पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा मृत्यु भएको हो।

    ज्यान गुमाउनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका-१ गोवागाङ गाउँका ८० वर्षीय कामीढिण्डु लामा रहेका छन्।

    बुहारी २३ वर्षीया रिता तामाङले आइतबार विवादका क्रममा काठको चिर्पटले प्रहार गर्दा लामा घाइते भएका थिए। टाउकोसहित शरीरभर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि स्थानीय खार्चुङ सामुदायिक स्वास्थ्य चौकीमा लगिएको थियो।

    प्रहरीले आज उपचारका क्रममा ज्यान गएको र बुहारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images