images
images
  • मौसम: आज गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना, भोली र पर्सि कस्तो ?

    काठमाडौं- आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

    जल तथा मौसम पुर्वानुमान शाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बिभागले जनाएको छ ।

    विभागका अनुसार आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रहने मौसम बिभागको अनुमान छ तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक९दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तो छ भोलि र पर्सिको पूर्वानुमान :-

    voli

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images