सुनसरी–आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एसको सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेद्वार सिफारीस गरेको छ ।
नेकपा एसको क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधि सभाको लागी प्रत्यक्षतर्फ क्षेत्र –३ मा कलम दुलाल, मोहम्मद मिया, जुगुतनारायन चौधरीलाई सिफारिस गरेको छ ।
प्रदेश सभा क्षेत्र –३ (क, ख) का लागि खेलकुद महासंघका अध्यक्ष तथा राष्ट्रियन खेलकुद परिषदका पुर्व सदस्य–सचिव केशब बिष्ट, युवा संघका केन्द्रिय सचिव गौरिमान परियार, पार्टीका नेताहरु नैनतारा सितौला, दिपक राइ, रेखा गुरुङ र रामचन्द्र मिटयितको नाम सिफारिस गरेको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्






















