images
images
  • आज २०७९ भाद्र १२ गते आइतवार, थाहा पाउनुहोस् तपाईको राशिफल

    काठमाडौं- आज १२ भदौं, २०७९, आइतबार । तद्नुसार अगष्ट महिनाको २८ तारिक २०२२ । भाद्रशुक्लपक्ष प्रतिपदा तिथि, बब करण, पूर्वफाल्गुनी नक्षत्र, सिद्ध योग, चन्द्रमा सिंह राशिमा रहेको छ ।

    आज विहान सूर्योदय ५ः४१ मा हुनेछ भने सूर्यास्त ६ः३० मा हुनेछ । आज विहान ११ः४० देखि १२ः३१ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभ कार्य गर्न सकिन्छ । आइतबारको दिन विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ ।

    आज देवता कार्तिकेय, ग्रहदेव केतु रहेको छ । भनिन्छ, साताको पहिलो दिन आइतबार सूर्यको बार पनि हो । त्यसैले आइतबार शुरु गरेको योजना साताभित्र उपलब्धिमूलक हुनेछ । सरकारीकामकाजका लागि आजका दिन निकै राम्रो छ ।

    आजको राशिफल :

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज महत्त्व पूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ, तर मनोरञ्जनमा सहभागी भइनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    अधुरो काम पूरा होला । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि रहेको छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज धार्मिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । पुँजी बजको लगानीले पछि लाभ मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज मङ्गल कार्यको योग छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आतिथ्यपूर्ण सम्मान पाइएला । शेयर बजको लगानीले पनि लाभ मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीत वर्गबाट विशेष सहयोग पनि मिल्छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीबाट विशेष सहयोग मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । धन सम्पत्ति पनि हात पर्ला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    विवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला । लगानीबाट नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प. नारायणप्रसाद दुलाल)

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images