मेरा बुवा….मेरो प्रेरणाका श्रोत….मेरो जीवन्त भगवान् असल बन्न सिकाउनु भयो अनि लगनशील बन्न उत्प्रेरित गर्नु भयो ।
उच्च लक्ष्य लिन सिकाउनु भयो अनि कर्म र धर्मको अन्तर्य बुझाउनु भयो ।।
सवल अनि गतिशील जीवन जिउन सिकाउनु भयो अनि बुवा मात्र हैन असल साथी बन्नु भयो ।
उत्तरदायी हुन मात्र होइन, अठोटको अगाडि हर लक्ष्य सम्भव छ भन्ने विश्वास दिलाउनुु भयो ।।
संर्घष के हो देखाउनु भयो अनि हामीलाई सहकार्य, एकता र जिम्मेवारीको महत्व बोध गराउनु भयो ।
एक असल सन्तान बनाउन नैतिक मूल्य, मान्यता अनि अनुशासन सिकाउने गुरु बन्नु भयो ।।
बुवा केवल शब्द मात्र होइन, यो नाता त जीवनको आधार अनि शक्ति पनि हो भन्ने आभास गराउनु भयो।
त्यसैले त बुवा, आज पनि कुनै संकट आइ पर्दा आत्मविश्वास, साहस र दृढताको पुञ्ज वनि रहनु भयो ।।
पितृदेवो भवः बुवा, भाद्र कृष्ण औंसी तथा बुवाको मुख हेर्ने दिनको हजुरलाई र संसारका सबै बुवाहरुलाई हार्दिक नमन सहितको शुभकामना !
(लेखक न्याैपाने एनआईसी एसिया बैकका सिईओ हुन् )





















