images
images
  • आज २०७९ भाद्र ११ गते शनिवार, थाहा पाउनुहोस् तपाइको राशिफल

    काठमाडौ- आज ११ भदौं २०७९ शनिवार । तद्नुसार २७ अगष्ट २०२२ । भाद्रकृष्णपक्ष अमावस्या कुशे औशी । आजको दिन बाबुको मुख हेर्ने दिन हो । आजको दिन आफ्ना जन्मदिने बुबालाई मानसम्मान गर्ने दिनको रुपमा नेपाली समाजमा लिने गरेको छ।

    सनातन धर्ममा कुनै पनि कर्मकाण्डीय कर्मका बेला कुशको अनिवार्य आवश्यकता रहन्छ । भनिन्छ, आज घरमा नयाँ कुश राख्ने गरिन्छ । कुश जीवनपयोगी बनस्पति हो ।

    आज विहान सूर्योदय ५ः४१ मा र सूर्यास्त ६ः३२ मा हुनेछ । आज विहान ८ः५४ देखि १०ः३० सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य नगर्नु होला ।

    आज औशी भएकाले पितृ उद्धारका लागि काठमाडौंको गोकर्ण क्षेत्रमा श्राद्ध गर्ने गरिन्छ । आज मघा नक्षत्र रहेको छ । मघा नक्षत्र परेको दिन श्राद्ध गर्न नहुने भन्ने मान्यता रहेको छ । शिव योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आजको देवता मित्र र ग्रहदेव बुध रहेको छ । शनिबारको दिन नजिकै रहेको पिपलको बृक्षमा जल अभिषेक गर्नुहोला । शनिबारको दिन शनिदेवको उपाय गर्नु उत्तम हुनेछ ।

    आजको राशिफल :

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आज सेयरको कारोबामा फाईदा हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । रतिरागपनि बढ्नेछ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प.नारायणप्रसाद दुलाल)

    प्रतिक्रिया दिनुहोस्
    images
    images