images
images
  • धादिङ रुवीभ्याली गाउँपालिकाको डाटा उडाएर सूचना अधिकृत तामाङ फरार !

    काठमाडौँ- धादिङको रुवीभ्याली गाउँपालिका पूर्व सूचना प्रविधि अधिकृत बिपिन तामाङ वेबसाइटबाट सबै डाटा उडाएर फरार भएका छन् ।

    करार सेवाबाट हटाएपछि तामाङले बुधबार बिहान करिव २/३ बजेको समयमा गाउँपालिकाको सम्पूर्ण वेबसाइट उडाएर सम्पर्क विहीन भएका हुन् ।

    कार्यसम्पादन कमजोर भएकाले साउनबाट करार थप नगरेको र करार सेवा थप नगरेको कारण पूर्वाधारको हानी नोक्सानी गरेको हुन सक्ने गाउँपालिका स्रोतले जनाएको छ ।

    गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत नवीन कुमार गोलेका अनुसार तामाङले वेबसाईटसंगै फेसबुक पेजमा पनि अमुक पार्टीको लोगो रोखेका छन् ।

    राजनीतिक आग्रह पूर्वाग्रह राखेर यो गलत कदम उठाएको हुन सक्ने उनको अनुमान छ । गाउँपालिकामा कार्यरत हुँदा पनि तामाङ नियमित कार्यालयमा समेत नहुने गरेको पाइएको उनले बताए ।

    हार्डकिस्क रिकभर हुन्छ या हुँदैन भन्ने विषयमा विज्ञहरूसँग छलफल भइरहेको प्रमुख प्रशसकिय अधिकृत गोलेले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images