images
images
  • एमालेमै फर्कने तयारीमा एकीकृत समाजवादी सुदूरपश्चिमका ३ नेता

    धनगढी- नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशका ३ नेताले एमालेमा पर्किने तयारी गरेका छन् । आज नेकपा (एकीकृत समाजवादी)ले देशभर पार्टी पुनर्गठन दिवस मनाइरहेको छ। दिवसकै दिन एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेका सुदूरपश्चिमका ३ प्रभावशाली नेताले एमालेमै फर्कने तयारी गरेका छन्।

    पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङ, पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र पूर्वमेयर अशोक चन्दले एमाले फर्कने तयारी गरेका हुन्।उनीहरु केही दिनमै एमालेका फर्किन लागेको स्रोतले बतायो।

    सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका तारा लामा तामाङले एमालेमा फर्किने तयारी थालेको बताए। उनले भने-‘अब मुल घर एमालेमै फर्कने हो। माओवादीमा विलय गराउने पार्टीमा एमालेबाट बिद्रोह गरेर गएको भनिएका सबै साथीहरु एमालेमै फर्किनु हुन्छ। हामी पनि त्यही निर्णयमा पुग्यौं’ ।

    यस्तै समाजवादीका पूर्व प्रदेश अध्यक्ष शाहीले पुनर्गठनको नाममा माधव नेपाललाई साथ दिएर आत्मग्लानी भएको सामाजिक सञ्जालमार्फत जनाएका छन्। ‘२०५४ सालमा बामदेबले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे। गत बर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो। त्यसको पछि लाग्नेमा म पनि थिए। पार्टी विभाजनले काँग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई नै फाइदा पुर्यायो। त्यसबापत पछुतो र आत्मग्लानी भएको छ। विगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्थामा थिए भने आजका मितिदेखि म कुनै दलसँग आवद्ध नरहेको घोषणा गर्दछु’ उनले बिहीबार बिहानै फेसबुकमा लेखेका छन्।

    यस्तै बेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दले पनि एमालेमै फर्किन लागेको जनाएका छन्।

    एमालेबाट विद्रोह गरेर पार्टी खोलेका माधव नेपालले नेकपा माओवादी केन्द्रसँगै सहकार्य गरि अघि बढ्ने योजना बनाएपछि यी नेता एमालेमा फर्किन लागेको बताइएको छ। यी मध्य नेता शाहीले आजै पार्टी परित्याग गरेको घोषणा पनि गरेका छन्

    प्रतिक्रिया दिनुहोस्
    images
    images