images
images
  • दाङमा पत्रकार वलीसहित ४ बन्दकर्ता पक्राउ

    दाङ- दाङमा पत्रकारसहित चार जना बन्दकर्ता पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश ओलीसहित चारजनालाई पक्राउ गरिएको हो ।

    यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा जनपत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जना रहेका छन ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीका अनुसार तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

    सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित ४ साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images