काठमाडौं- आज ७ भदौं, २०७९, मंगलबार । तद्नुसार अगष्ट महिनाको २३ तारिक २०२२ । भाद्रकृष्णपक्ष एकादशी, आज एकादशी व्रत हो । आजको एकादशीलाई अजा एकादशी भनिन्छ ।एकादशी तिथि हिजो पनि थियो, तर व्रत चाहिँ आज परेको छ । एकादशीको दिन व्रत बस्नेहरुले भोजन ग्रहण गर्दैनन । एकादशीको दिन चामलबाट बनेको परिकार निषेध गरिएको छ ।
आज एकादशी तिथिले केवल सूर्योदयलाई मात्र छोएको छ । विहान ६ः२२ सम्म मात्र एकादशी त्यसपछि द्धादशी तिथि लागेको छ । आज विहान सूर्योदय ५ः३९ र सूर्यास्त ६ः३६ सम्ममा हुनेछ । बालब करण, आद्रा नक्षत्र, सिद्धि योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आजको देवता गणेश र ग्रहदेव मंगल रहेको छ । आजको दिन निकै शुभ दिन रहेको छ ।
मंगलबारको दिा गणेश, हनुमानको आरधना गर्ने दिन हो । ग्रहदेव पनि मंगल भएकाले आजको दिन अवस्य गणेशको आरधना र गणेश मन्दिरको यात्राले मनोबाञ्चित फल प्राप्त हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट (हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ ।
कन्या .टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, तें)
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ, तर साँझमा केही लाभमूलक काम हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । स्वास्थ्यमा लाभ र आराम मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । बहुमूल्य वस्तु हात पर्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
रमणीय र सुखद् यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रेमीको सहयोग प्राप्त हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा पनि रुचि बढ्नेछ ।
मीन .दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । यात्रा पनि कमजोर रहला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प. नारायणप्रसाद दुलाल)























