काठमाडौं- आज ६ भदौं २०७९, सोमबार । तद्नुसार अगष्ट महिनाको २२ तारिक २०२२ । भाद्रकृष्णपक्ष एकादशी, आजको दिनलाई एकादशी भनिन्छ । यसपटक एकादशी तिथि दुई दिन परेको छ । त्यसैले एकादशीको व्रत भोलि पनि लिन सकिन्छ । बब करण, मृगशिरा नक्षत्र, व्रज योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः३७ मा हुनेछ भने सूर्यास्त ६ः३७ मा हुनेछ ।
आजको देवता वरुण र ग्रहदेव चन्द्र रहेको छ । सोमबारको दिन शिवको प्रिय बार हो । आज विहान ७ः१६ देखि ८ः५३ सम्मको समय राहुकाल रहेको छ । यो समय बाहेक दिनभर आज शुभ मानिन्छ ।
आजको दिन व्यापार ब्यबसाय आरम्भ गर्न, भवन निर्माणको काम गर्नका लागि शुभ दिन मानिन्छ । सोमबार र आजको दिन सवारीसाधन खरिद गर्न पनि शुभ मानिन्छ । आजको दिन यात्राका लागि उत्तम दिन रहेको छ । सामाजिक सेवाका कार्यमा अग्रसरता देखाउदा पनि राम्रो हुनेछ ।
आजको राशिफल :
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै कुराले मनमा शान्ति छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा बढी धनार्जन हुनेछ । लाभदायक यात्रा पनि रहला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा पनि सफलता पाइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ, तर सेयरको कारोबारमा नोक्सानी हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ, तर साँझमा मन प्रसन्न रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर काम क्रोध पनि बढ्नसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लाभहानी, सुखदुःख, बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज प्रणयसम्बन्धमा सफलता पाउने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सेयरको कारोबारमा फाइदा पनि हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ शिक्षा र ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । सेयरको बजारको कारोबारमा फाइदा पनि नोक्सानी हुनसक्छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प.नारायणप्रसाद दुलाल)























