काठमाडौंं- आज ५ भदौ, २०७९, आइतबार । तद्नुसार अगष्ट महिनाको २१ तारिक २०२२ । भाद्रकृष्णपक्ष नवमी तिथि, बणिज करण, मृगशिरा नक्षत्र, हर्षण योग, चन्द्रमा वृष राशिमा रहेको छ ।
आज विहान सूर्योदय ५ः३७ मा हुनेछ भने सूर्यास्त ६ः३७ मा हुनेछ । आइतबारको दिन विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । आजको दिन सूर्योदयको दर्शन गर्दा साताका दिन सफल हुने सकारात्मक उर्जा मिल्नेछ ।
आज विहान ११ः४२ देखि १२ः३४ सममको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ । आजको देवता भग र ग्रहदेव सूर्य रहेको छ । यात्राको लागि आजको दिन शुभ रहेको छ । कुनै नयाँ खोज तथा अनुसन्धानका लागि आजको दिन शुरुवात गर्दा सफलता मिल्नेछ ।
आजको राशिफल :
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज गरेका प्रयास र उद्यममा राम्रै सफलता मिल्नेछ । यात्राबाट लाभ नै हुनेछ, साँझमा आफन्तको साथ र सहयोग भरपुर मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज स्वास्थ्यमा खर्च बढ्नसक्छ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे))
भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न पनि सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज स्वास्थ्य सम्बन्धी आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । रुघा लाग्ने जस्ता समस्याले सताउन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आरम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा उन्नति र सफलता सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज बन्न लागेको काम बिग्रिनेछ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ, तर नयाँ ज्ञान सिक्ने मौका भने मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । कहीँकतैबाट कुनै उपहार प्राप्त होला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प.नारायणप्रसाद दुलाल)























