काठमाडौं- आज भदौं महिनाको ४ गते २०७९, शनिवार । तद्नुसार अगष्ट महिनाको २० तारिक २०२२ । भाद्रकृष्णपक्ष नवमी, तैतिल करण, रोहिणी नक्षत्र, व्याघात योग चन्द्रमा वृष राशिमा रहेको छ ।
आज विहान सूर्योदय ५ः३७ मा हुनेछ भने सूर्यास्त ६ः३८ मा हुनेछ । आजको दिन शुभ रहेको छ । शनिवार भएकाले शनिदेवको उपास्य, स्नान र शनिस्त्रोत्र पाठ र पिपलको वृक्षमा जल अभिषेक गर्दा शनि दोष निर्वारण गर्न सकिन्छ । आजको देवता बायु, र ग्रहदेव शुक्र रहेको छ । शनिवारको दिन पूर्वदिशा तर्फको यात्रा नगर्नहोला ।
आजको राशिफल :
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । पुराना र नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । नयाँ कार्यको सुरुवात गर्न सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वा नजिकैको मित्रबाट साथ र सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मानसिक चिन्ता बढ्नेछ । दाम्पत्य जीवनमा मतभेद भएपनि माया एवं समझदारीको भने कायम रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । प्यारो साथी सँग भेट होला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज नयाँ र शुभ समाचार सुन्न पाइएला । प्यारो साथी सँग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आस्थामा पनि वृद्धि होला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । ( ज्य.प.नारायणप्रसाद दुलाल)























