images
images
  • लघुवित्तकै कारण एक महिलाले गरिन् ‘आत्महत्या’

    काठमाडौं- लघुवित्तबाट लिएको ऋण समय मै तिर्न नसकि लघुवित्तले घरमा ताला गलाईदिँदा कैलाली जिल्ला गौरीगंगा नगरपालीका १ कि ३७ बर्षिय एक महिलाले आत्महत्या गरेकिछन् ।

    युनिक नेपाल लघुवित्तबाट लिएको ऋण समयमै तिर्न नसक्दा लघुवित्तले घरमा ताला लगाएपछि ३७ बर्षिय रेश्मा चौधरीले आत्महत्या गरेकी हुन् ।

     

    रेश्माले लघुवित्तबाट तिनलाख रुपैयाँ कर्जा लिएकी थिइन् उनले उक्त कर्जाको ६ किस्ता तिरि पनि सकेकी थिएन् तर परिवारमा आर्थिक समस्या आएपछि उनले पछिल्लो तिन किस्ताको रकम भने तिर्न सकेकी थिइनन् । तिन किस्ताको मात्र पैसा तिर्न बाँकि रहेकाले लघुवित्तले घरमा ताला लगाएको थियो ।

    समय मै ऋण तिर्न नसकेपछि भदौ बिहान ९ बजे रेश्माको घरमा आएर ताला लगाइदिएका लघुवित्तका कर्मचारीहरुले बेलुका ७ बजेमात्र ताला खोलिदिएका थिए । लघुवित्तले घरमा ताला लगाइदिएपनि दिँउसै देखि रेश्मा तनावमा थिइन् ।

    रेश्मा का श्रीमान् समेत अहिले घरमा छैन् । उनि ज्याला मजदुरी गरेर घर खर्च चलाउने भएकाले घर भन्दा बाहिरै रहेको स्थानियले बताए । सयममा ऋण भुत्तानी गर्न नसक्दा समूह मार्फत पनि उनिलाई दवाब परेको थियो । लघुवित्तमा समूहको कुनै एक सदस्यले कर्जा र त्यसको ब्याज तिर्न नसकेमा उक्त व्यक्तिको सम्पुर्ण कर्जा र ब्याज समूहका बाँकि सदस्यहरुले दामासाही ढंगले तिर्नुपर्ने बाध्यकारी व्यबस्था रहेका कारण पनि समूहबाट उनिमाथी थप दवाब आएको हो ।

    गौरीगंगाा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष डबल दियाकोटीले लघुवित्तले घरमा ताला लगाएकै दिन भदौ १ गते राती रेश्माले सल्फास नामक किटनासक औषधी खाएर आत्महल्या गरेको बताए । ‘ताला लगाएकै दिन राति कतिबेला उनले सलफास खाइछन् थाहा भएन तर बिहान थाँहा पाउने वित्तिकै उनलाई स्थानिय बडिमालिका क्लिनिकमा लगिएको त्यहाँबाट पुनः धनगढी पुर्याउदा समेत बचाउन सकिएन उनले भने ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images