काठमाडौं- ललितपुर महानगरमा वायुमण्डलबाट कार्बनडाइअक्साड सोसेर त्यसलाई अक्सिजनमा परिणत गर्ने मेसिन ‘एल्गी रियाक्टर’ स्थापना भएको छ ।
बायो टेक्नोलोजीका संस्थापक मेकानिकल इन्जिनियर गुन्जन घिमिरेका अनुसार यो मेसिनले मासिक १ हजार ५ सय लिटर अक्सिजन उत्पादन गर्छ ।
बागमती प्रदेश सरकार र वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने संस्था इसिमोडको सहयोगमा च्याउ बायो टेक्नोलोजीजले उक्त मेसिन निर्माण गरेको हो । यो मेसिन अहिले ललितपुरको पुल्चोक र जावलाखेलमा राखिएको छ ।
उक्त मेसिनको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, बागमती प्रदेशका कांग्रेस सभापति इन्द्र बानियाँ, बागमती प्रदेश सभासदस्य विजया श्रेष्ठ केसीले संयूक्त रुपमा उद्घाटन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















