images
images
  • अपर तामाकोसीले १० अर्ब ५९ करोडको हकप्रद सेयर जारी गर्दै

    काठमाडौं- अपर तामाकोसी हाइड्रोपावरको चौधौं वार्षिक साधारण सभा भएको छ । कम्पनीको शुक्रबार सम्पन्न सभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

    अब कम्पनीले १० अर्ब ५९ करोेड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । कम्पनीले हकप्रद निष्कासन गरेको पैसाले रोलवालिङ आयोजनामा लगानी गर्ने भएको हो ।

    आयोजनाले सुक्खायामको लागि रोलवालिङ आयोजनामार्फत १२० मेगावाट विद्युत उत्पादन बढाउने जनाएको छ। सुक्खायाममा विद्युत उत्पादन क्षमता घट्ने हुँदा उत्पादन घट्न नदिन रोलविलिङ आयोजनाको निर्माण गरिने भएको हो ।

    हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ। कम्पनीले १ः१ अनुपाातमा हकप्रद सेयर निष्कासन गरेपश्चात कम्पनीको पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुँजी पुग्नेछ ।

    साथै सभाले लेखापरीक्षणको प्रतिवेदनसहितको २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७र७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाहसहितको आर्थिक विवरणमाथि छलफल गरेको छ ।

    लेखापरीक्षण ऐन, २०७५ को दफा ११ बमोजिम महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ ९घ० को प्रावधानअनुरुप लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव। २०७०र०७२ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

    कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार समूह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिलासहित ४ जना सञ्चालकहरूको निर्वाचनमार्फत नियुक्त भएका छन् ।

    आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयानुसार आर्थिक वर्ष २०७७र७८ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने सम्बन्धमा सञ्चालक समितिको बैठक भत्ता ५ हजार पुर्याउने प्रस्ताव पारित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images