images
images
  • हर्क र बालेन विवाद : फाईदा उठाउने दाउमा तेस्रो पक्ष !

    काठमाण्डौंको फोहोरलाई लिएर धरान उपमहानगरपालिका र काठमाण्डौं महानगरपालिकाका मेयर बिच विवाद चुलिएको छ । केहि दिन अगाडी काठमाण्डौँ आएका धरानका मेयर हर्क साम्पाङ राईले काठमाण्डौंका मेयर बालेन्द्र शाह बालेनले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा आलोचना गर्न थाले । उनले काठमाण्डौँको बसाईभर मात्र नभए धरान फर्किएर पनि मेयर बालेनलाई कटाक्ष गर्न छोडेनन् ।

    मेयर राई धरान फर्किएर सामाजिक सञ्जालमा जस्ले जे भनोस तर म काठमाण्डौं नगएको भए फोहोर उठ्ने थिएन रैछ कम्सेकम काम त शुरु गरे भनेर पोष्ट समेत गरे । उक्त पोष्टमा काठमाण्डौंका मेयर बालेनले होनि तपाईकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको होनि भन्दै प्रतिक्रिया जनाएपछी दुई स्वतन्त्र मेयर बिच सामाजिक सञ्जालमा जुहारी नै चल्यो । मेयर राईले अझै पनि मेयर बालेनलाई कटाक्ष गर्दै सामाजिक सञ्जालमा पोष्टहरु गरिरहेका छन् । सामाजिक सञ्जालमा स्वतन्त्र मेयरको यस किसिमको गतिविधिले आम नागरिकले विभिन्न किसिमका टिकाटिप्पणी गरिरहेका छन् ।

    विवादको फाईदा उठाउदैँ तेस्रो पक्ष !
    स्वतन्त्रबाट निर्वाचित दुई मेयर यति निकै चर्चामा छन् । बालेन र हर्क साम्पाङकै कारण स्वतन्त्र उम्मेदवार धेरै जन्मिए । मतदाताले पनि आबको आशा र भरोसा भन्दै स्थानिय चुनावमा देशकै राजधानि रहेको काठमाडौं र धरान लगाएत अन्य थुप्रै ठाउँमा स्वतन्त्रलाई जिताए । त्यसैको लहर आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा देखिने पक्कापक्की छ ।

    दलगत राजनीतिबाट हैरानी भोगिरहेका जनताले स्वतन्त्रलाई रुचाएका छन् । त्यसको परिणाम शिर्ष पार्टीले नै कतै आफ्नो साख नै जोगाउन हम्मेहम्मे पर्ने त होईन कुराले पनि चर्चा पाईरहेको छ । त्यस्तो अवस्थामा सामाजिक सञ्जालमा स्वतन्त्र उम्मेदवारले आफ्नो धारणा राख्दा समेत विभिन्न दलका नेता कार्यकर्ताले त्यसलाई ठूलो विषय बनाईरहेका छन् । ताकि स्वतन्त्रलाई कमजोर बनाउन सकियोस् ।

    दुई मेयरका कारण अन्य स्वतन्त्रको अस्तित्व खतरामा
    काठमाण्डौँ महानगर र धरान उप महानगरपालिकाका मेयरको विवादका कारण अन्य स्वतन्त्रलाई प्रत्यक्ष असर गर्ने देखिन्छ । नेतृत्व तहमा पुगेकाले आफ्नो व्यक्तिगत कारणले विवाद र्सिजना गर्दा लाखौँ संख्यामा रहेका स्वतन्त्रहरुको मनोभावना नै परिवर्तन हुनसक्ने कुरा पनि सोच्न जरुरत छ ।

    संघ र प्रदेशको निर्वाचन नजिकिदै छ । ठाउँठाउँबाट स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा भईरहेको छ । स्वतन्त्रको भरोसा बनेका निर्वाचित प्रतिनिधिले नै आफ्नो अस्तित्व खतरामा पर्ने गरी काम गर्ने हो भने कुनै राजनैतिक दल भन्दा कम हुदैँन । त्यसैले धरान र काठमाण्डौँका दुई मेयरले बेलैमा सोच्न जरुरी छ । एकले अर्कालाई आक्षेप लगाउनु भन्दा दुई पालिकालाई कसरी अगाडी बढाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images