काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अग्रजको कुरालाई अटेर गर्दा अहिले फोहोर व्यवस्थापन अझन जटिल बन्दै गएको बताएका छन् । मुख्यमन्त्री पाण्डे भन्छन्, मेयर बालेन जी मिडायाबाजि गर्न रुचाउनुहुन्छ, हाम्रो कुरा नै हुन्न चाहनुहुन्न अनि कसरी समस्या समाधान हुन्छ ?
कानुनी रुपमा काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा मेयर बालेन कै भएको मुख्यमन्त्री पाण्डेले बताएका छन् । फोहोर व्यवस्थापनको लागि आफूले मेयर बालेनलाई १५ बुँदे सल्लाह दिएको उनले बताए । उनले भने, आफूले पटक पटक प्रभावित क्षेत्रको धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका प्रमुखलाई बोलाएर वार्ता गर्नुस् भन्दा उहाँले मान्नु भएन उहाँ हाम्रो कुरा मान्न तयार नै हुनुहुन्न अनि कसरी हुन्छ समस्या समाधान ?
विगत १७ वर्ष देखि सिसडोल क्षेत्रका मानिस फोहोरबाट प्रभावित छन् । सिसडोलको समस्या ज्यूको त्यू छोडेर बञ्चरेडाडाँ तर्फ फोहोर लैजादाँ स्थानिय आक्रोसित छन् । पटक पटक फोहोर व्यवस्थापनमा स्थानियले अवरोध गरिरहेका छन् । मुख्यमन्त्री पाण्डेको गृह जिल्ला समेत रहेको धादिङ पनि प्रभावित भएकाले उनले विशेष चासोका साथ फोहोर व्यवस्थापनमा मेयर बालेनलाई सकारात्मक सुझाव दिदैँ आएको बताउदैँ आएका छन् ।
फोहोरबाट नुवाकोटको ककनी गाउँपालिका वडा नं १,२,३ र धादिङको धुनिवेशी नगरपालिकाको वडा नं १ विशेष प्रभावित छ ।


विश्व खबर 




















