काठमाडौं- सरकारी अस्पतालमा बिरामीले सहज उपचार नपाउने, उपकरण किनेको किन्यै गर्ने तर उपयोग नहुने प्रवृत्तिमा अझै सुधार आएको छैन । वर्षेनी करिब ५ अर्बभन्दा बढिको उपकरण सरकारले खरिद गर्छ । तर सरकारी अध्ययनले सरकारी अस्पतालको ८ वर्षअघि र अहिलेको अवस्था उस्तै रहेको देखाएको छ ।
जिल्ला अस्पताल सल्यानमा रहेका आईसीयू र भेन्टिलेटर दक्ष जनशक्ति नहुदा प्रयोगविहिन अवस्थामा छन् । १५ सय आई सी यू र ६ वटा भेन्टिलेटर प्रयोगमा नआई थन्किएका हुन् । २ वर्ष अघि २ करोड ६० लाखमा खरिद गरिएको आईसीयू र भेन्टिलेटर जडाननै गरेको छैन् ।
‘आईसीयू र भेन्टिलेटर जडान गर्नको लागि छुट्टै ठाउँ चाहिन्छ त्यही अनुसार सेट अप चाह्रिन्छ । ठाउँको कमि भएर जडान गर्न सकिएको छैन्’, अभिषेक सिंह जिल्ला अस्पताल सल्यानका इन्चार्जले भने ।
यस्तै, विराटनगरको कोशी अस्पतालमा पनि यस्तै हालत रहेको छ । यस अस्पतालमा आइसीयू सेवानै बन्ध भएको छ । २४ सय वटा एसडीओ र आईसीयू ६ सयमा झरेको छ । हामीसँग भएको उपकरणलाई व्यवस्थितरुपले सञ्चालन गर्न नसकेको कोशी अस्पतालका नवराज लुईटेलले भने । ‘सीटी स्कायन दिने जनशक्ति नदिने’, उनले भने, ‘डायलाइशीस दिने जनशक्ति नदिने’ ।
अर्कोतर्फ, गोर्खा अस्पतालले २०७७ सालमा भेन्टिलेटरसहित आईसीयू कक्षा सञ्चालनका लागि १ कारोड खर्च गरेर उपकरण खरिद गरेपनि स्टोरमा थन्केको छ । बिरामी भने डायलाइशीसको लागि समेत बाहिर जान पर्ने बाध्यता रहेको छ ।
आईसीयू एमआरआई र डायलाइशीस् नभएको सेवाग्राहीको गुनासो छ । यस्ता उपकरण आएको पनि ३ वर्ष भइसकेको भएपनि प्रयोगमा नआएको सेवाग्राहीको भनाइ छ ।
सरकारले सन २०१४ मा गरेको अध्यनमा देशभर रहेका मेडिकल उपकरणमध्ये ६३ प्रतिशत मात्र चालु भएको देखिएको छ । उक्त अध्यनमा ५२ वटा अस्पतालहरुको तहगत वृद्धि सेवा र सुविधामा कमजोर देखिएको थियो । अहिले पनि उस्तै समस्या देखिएको छ ।
सरकारले वर्षको ५ अर्ब भन्दा बढीको अपकरण खरिद गर्ने गरेको पाइएको छ । सरकारी अस्पतालहरुमा कति उपकरण कुन अवस्थामा छ त्यो तथ्यांक भने सरकारसँग छैन् । स्वास्थ्य सेवा मैलिकहक हो तर विभिन्न बाहानमा अस्पतालमा अरोबौँको उपकरण प्रयोग नभइ थन्किने र बिरामीले उपचार नपाउने कहिलेसम्म ?


विश्व खबर 



















