images
images
  • आज २०७९ भाद्र ०२ गते, थाहा पाउनुहोस् बिहीवारको राशिफल

    काठमाडौ- आज २०७९ भाद्र २ गते, बिहीवार ,। १८ अगस्ट २०२२। भाद्र कृष्णपक्ष सप्तमी तिथि। भरणी नक्षत्र। चन्द्रराशि– मेष।

    आजको राशिफल :

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । काममा सफलता पनि मिल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा हुने र अधुरा कार्य पूरा हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले सताउन सक्छ । सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति पनि हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज जोश जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण होला । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आजको दिन सामान्य र माध्यम नै रहनेछ । धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगरेकै जाती हुनेछ, साँझमा भने शुभ समाचार पाइन सक्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    कुनै कुराले मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । गरेको कार्यमा सफलता पाइनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प.नारायणप्रसाद दुलाल)

    प्रतिक्रिया दिनुहोस्

    images
    images