images
images
  • सहकारी संस्थाहरूलाई घरजग्गामा लगानी नगर्न निर्देशन (निर्देशनसहित)

    काठमाडौँ- पछिल्लो समय सहकारी संस्थाहरूमा समस्या देखिएपछि सहकारी विभागले स्थिर सम्पत्ति (घरजग्गा)मा सकेसम्म लगानी नगर्न निर्देशन दिएको छ ।

    कर्जा लगानी गर्दा तत्काल प्रतिफल दिने ससाना व्यवसाय र स्थिर सम्पत्तिमा सकेसम्म लगानी नगर्न विभागले निर्देशन दिएको हो ।

    यस्तै विभागले ऋण असुलीलाई प्राथमिकताका साथ कार्ययोजना नै बनाएर अघि बढ्न सुझाएको छ । विभागको निर्देशनमा सहकारीका सञ्चालकको सुविधा कटौती गर्न, नाफामा नआएसम्म लाभांश वितरण नगर्न भनिएको छ ।

    सहकारी संस्थाहरूलाई आवधिक र ठूलो बचत सङ्कलनमा भन्दा नियमित बचतमा जोड दिन पनि विभागले निर्देशन दिएको छ । विभागले बचतकर्ता सदस्यहरूसँग नियमित भेटघाट गरी बचत फिर्ता भुक्तानी कहिले चाहिने हो, भुक्तानीको अग्रिम तालिका बनाएर नियमित भुक्तानी गर्न भनेको छ ।

    अहिले १२ सहकारी समस्याग्रस्त घोषित छन् । ती सहकारीहरूले घरजग्गामा कारोबार गर्ने गरेको, आफ्नो स्वार्थको क्षेत्रमा लगानी गर्ने गरेको लगायतका कारण समस्यामा परेको देखिएको छ । मुलुकभर ३० हजारभन्दा बढी सहकारी रहेका छन् ।

    निर्देशन !

    https://bishwokhabar.com/wp-content/uploads/2022/08/nirdeshan_1660654008.pdf

    प्रतिक्रिया दिनुहोस्

    images
    images