images
images
  • ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको कम्पनी कालो सूचीमा !

    काठमाडौं– तीनपिप्ले–बञ्चरे डाँडा सडक खण्डको बाटो निर्माणको ठेक्का पाएको शैलुङ इन्टरप्राइजेजले ठेक्का रद्द भएको छ। जिल्ला अदालत ललितपुरले यसअघि भएको अन्तरिम आदेशलाई खारेज गर्दै उक्त कम्पनीसँगको सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयलाई सदर गरेको हो।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको कम्पनी शैलुङ्ग इन्टरप्राइजेजले गत असार ५ गते सडक विभागले ठेक्का रद्द गर्ने निर्णय गरेसँगै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

    मंगलबार ललितपुर जिल्ला अदालतकी न्यायाधिश सिता शर्माको एकल इजालसले उक्त अन्तरिम आदेशलाई खारेज गर्दै सडक विभागले गरेको ठेक्का रद्द गर्ने निर्णयको पक्षमा आदेश दिएको छ। सँगै अधिकारीको कम्पनीलाई तीन वर्षसम्म कालोसुचिमा राख्ने पनि सडक विभागले सिफारिस गरेको छ।

    आठ वर्षअघि भएको ठेक्कामा सडक विभागले पटक पटक म्याद थप गर्दा पनि अधिकारीको कम्पनीले काम नगरेपछि गत चैतमा अन्तिम पटक थपिएको म्याद सकिएको थियो। कम्पनीलाई ७ पटकसम्म म्याद थप गर्दा पनि समयमा काम सम्पन्न भएको थिएन्। अन्तिम पटक थपिएको गत चैतमा म्याद सकिएपछि सडक विभागले थप म्याद नथप्ने भन्दै गत असार ५ गते ठेक्का तोडेको थियो।

    अदालतले अधिकारीको कम्पनी ‘शैलुङ इन्टरप्राइजेज’लाई तीन वर्षसम्म कालोसुचिमा राख्नेसमेत आदेश दिएको तिनपिप्ले–वञ्चरेडाँडा सडक खण्ड निर्माण योजनाको योजना प्रमुख गौतम कुमार श्रेष्ठले बताए ।

    योजना प्रमुख श्रेष्ठकाअनुसार गत वर्ष चैतमा अन्तिम पटक थपिएको म्याद सकिँदा ५० प्रतिशत सडक निर्माण भएको अवस्था थियो। तर, हाल वर्षा र अन्य कारण निर्माणको प्रगति भने शून्य सरह भएको छ । ८ वर्षअघि ठेक्का लिएको उक्त कम्पनीलाई पटक पटक सडक विभागले समयमा नै काम सक्न ताकेता गरेपनि कम्पनीले भने काम गरेको थिएन् । तीनपिप्ले–बञ्चरे डाँडा सडकखण्ड कागजमा मत्रौ सिमित हुने अवस्था आएको थियो।

    प्रतिक्रिया दिनुहोस्

    images
    images