images
images
  • जुडो च्याम्पियन टेडी राइनर फ्रान्सेली राष्ट्रपतिको दौडमा

    एजेन्सी । फ्रान्सका पाँच पटकका ओलम्पिक स्वर्ण पदक विजेता जुडो खेलाडी टेडी राइनरले सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत अप्रत्याशित घोषणा गर्दै ३७ वर्षीय राइनरले भने, ‘मेरो नाम टेडी राइनर हो र आज म तपाईंहरूसमक्ष प्रत्यक्ष रूपमा घोषणा गर्दछु– म सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुँ ।’

    फ्रान्सका चर्चित खेलकुद हस्तीमध्ये एक राइनर यस्तो समयमा राजनीतिमा प्रवेश गरेका छन्, जतिबेला वर्तमान राष्ट्रपति इम्यानुएल म्याक्रोनको उत्तराधिकारी चयन गर्न अर्को वर्ष हुने निर्वाचनमा अति दक्षिणपन्थी नेतृ मरिन ले पेन जनमत सर्वेक्षणमा अगाडि देखिएका छन् ।

    राइनरले फ्रान्समा अति दक्षिणपन्थी शक्तिहरूको उदय प्रति आफू गम्भीर रूपमा चिन्तित रहेको यसअघि नै सार्वजनिक रूपमा बताउँदै आएका छन् ।

    उनले सन् २०१२, २०१६ र २०२४ को ओलम्पिकमा हेभीवेट विधातर्फ तथा सन् २०२० र २०२४ को ओलम्पिकमा मिश्रित टोली विधातर्फ गरी जुडोमा पाँच स्वर्ण पदक जितेका छन् । यसका अतिरिक्त उहाँले ११ पटक विश्व च्याम्पियनसिपको उपाधि पनि हासिल गरेका छन् ।

    फ्रान्सका अर्का चर्चित जुडो खेलाडी डेभिड डुइलेट सन् २००९ मा फ्रान्सेली संसद्मा निर्वाचित भएका थिए । उनले सन् २०११ सेप्टेम्बरदेखि २०१२ मेसम्म खेलकुदमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images