
काठमाडौँ- काठमाडौँबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले एक सेल अश्रुग्याँस र ५ राउन्ड हवाईफायर गरेको छ ।
फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरी अश्रुग्याँस हानेको थियो ।
त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुँगामुढा गरेपछि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।
प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीय बासिन्दालाई चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्