
ललितपुर- ललितपुरको नख्खु कारागार भित्रै कारोडौँको डिल भएको छ । कारागारको नयाँ व्लगभित्र नाइकेहरुले कैदीबन्दीबाट ४ करोड ६४ लाख १८ हजार ६३ रुपैयाँ असुलेका हुन् ।
नख्खु कारागारको ३ वटा ब्लगमा १ हजार ४ सय ४७ जना कैदीबन्दी रहेका छन् । उक्त कारागारमा कैदीको व्यवस्थापनको लागि कारागार प्रशासनले कैदीमध्येबाट मूल नाइके, भाइ नाइकेदेखि विभिन्न नाइके छनोट गरेको थियो । कैदीहरुलाई खाने बस्ने व्यवस्थापनदेखि लिएर समोन्वयनका लागि बनाइएका यस्ता नाइकेहरुले कारागार भित्रै गतल धन्दा चलाइरहेका छन् ।
कारागारको नयाँ ब्लगभित्रका शिक्षक नाइके बनाइएका लागुऔषध मुद्दाका सन्तोष गुरुङ, जिउ मास्ने बेच्ने मुद्दाका आइते तामाङ र प्रदिप थपलियाले कारागार भित्रै कारोडौँको भन्दा चलाइरहेका छन् ।
नाइकेहरुले कैदीको मुद्दा मिलाइदिने अन्य कारागारमा सरुवा गराइदिने, कारागारभित्र तलबी हिसाबमा काम मिलाइदिने तथा कुटपिट नगर्ने र मानसिक यातना नदिने भन्दै करिब २ सय भन्दा बढी केदीबन्धीबाट ४ करोड ६४ लाख १८ हजार ६३ रुपैँया असुलेको पाइएको छ ।
कैदी लागुुऔषध मुद्दाका रिवास लामा केही समय यता नख्खु कारागारमा छन् । उनलाई कारागार भित्र काम लगाइदिने, बाहिराको जेलमा सरुवा गराइदिने र अरु सुविधा दिने प्रलोवनमा सन्तोषले ५ लाख रुपैया मागेका थिए । बाहिरसम्म जान मिल्छ । भेटघाट सुविधा हुन्छ । सबै सुविधाको लागि ५ लाग लाग्छ । भित्र काम गर्ने ठाउँ पनि मिलाइदिन्छु भनेर सन्तोषले ५ लाख रुपौयाँ ठगेको लामाले आरोप लगाएका छन् । “पैसा दिएपछि ठाउँपनि नदिने, सुविधा पनि नदिने”, उनले भने, “केहिसँग बोल्न नदिई डर त्रास देखाएर राख्ने गरेको हो” ।
सन्तोषले लामासँग मात्र हैन् अन्य कैदीहरुसँग पनि मुद्दा मिलाइदिन्छु भन्ने केहीसँग २ लाख लिने केहीसँग ३ लाख रुपौयाँ लिने गरेको पाइएको छ । साथै, सुनको ओठी सिक्री लगायत महङ्गो सामान सबै लौँजाने गरेको कैदीबन्दीहरुको भनाइ छ ।
कारागार भित्र ठगीको धन्दा चलाएका सन्तोषविरुद्ध कैदीहरु केही दिन अघि विरोधमा उत्रियका थिए । त्यसपछि सन्तोषले आफैँ सरुवा मागेर कास्की पुुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्