images
images
  • गुराँस लाइफ इन्स्योरेन्सले ७.४४ प्रतिशत बोनस सेयर दिँदै

    काठमाडौं- गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट ७.४४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

    साथै, बोनसमा लाग्ने कर तिर्नको लागि ०.३९ प्रतिशत नगद लाभांश पनि खर्च गर्नेछ।

    कम्पनीले ७.४४ प्रतिशतले हुन आउने १५ करोड ५१ लाख २० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशतले हुन आउने ८१ लाख ६४ हजार २१०.५३ रुपैयाँ नगद लाभांश दिने भएको हो ।

    प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्तापुँजी दुई अर्ब आठ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ।

    1 84.jpg

    प्रतिक्रिया दिनुहोस्

    images
    images