
काठमाडौं- आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा नुवाकोट क्षेत्र नं २ मा शिर्ष दलका नेताहरुलाई चुनौती दिदैँ स्वतन्त्रबाट ३० वर्षिय युवा ईन्जिनियर सुर्दशन पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन् ।
चुनावको मिति तोकिए संगै दल वा स्वतन्त्रको तर्फबाट उम्मेदवारी घोषणा गर्न थालिएको छ । २०७४ सालको भन्दा यस पटकको चुनाव विशेष हुने देखिन्छ । हरेक चुनाव विशेष नै हुने गर्दछ तर यस पटक दल लाई हम्मेहम्मे पर्ने गरी स्वतन्त्रको लहर चलेको छ । जताततै स्वतन्त्रको चर्चा छ । दलगत उम्मेदवारलाई परास्त गरी स्वतन्त्र रुपमा आउने उम्मेदवारलाई जिताउने तयारीमा छन् आम जनता ।
दिन प्रति दिन चुनावी माहोल तात्दै गईरहेको छ । सोहि सन्र्दभमा दुई संघिय निर्वाचन क्षेत्र रहेको नुवाकोटमा कुन दलबाट को उम्मेदवार बन्ने भन्ने होडवाजि चलिरहेको छ । सत्ता पक्षका दलहरु गठबन्दनको तयारीमा छन् भने उता नेकपा एमाले पनि आफ्नो माहोल तयार गर्दैछ । यसै बिच २ नम्बर क्षेत्रबाट आफूलाई स्वतन्त्र उम्मेलवार घोषणा गर्ने तयारीमा छन् बेलकोटगढी नगरपालिकाका युवा सुर्दशन पुडासैनी । उनी पेसाले ईन्जिनिय हुन् । समग्र नुवाकोटको भूगोललाई राम्रो संग अध्ययन गरिरहेका छन् ।
राजधानि संग जोडिएको जिल्ला किन अझैँ विकट ? नुवाकोटले धेरै नेता जन्मायो, धेरै मन्त्री पायो त्यो पनि पटक पटक तर खै किन र के ले रोक्यो नुवाकोटको विकाश ? यस्ता कयौँ प्रश्नको उत्तर संगै विकाशको खाकाँ बोकेर स्वतन्त्र रुपमा समग्र नुवाकोटको विकाश गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएका छन् पुडासैनी । विभिन्न दलका शिर्ष नेता रहेको जिल्ला नुवाकोट भए पनि नुवाकोटे जनता आज सम्म पनि सडककै कारण पछि पर्नु र्दुभाग्य भएको ईन्जिनियर पुडासैनीको ठहर छ । नेताहरुको क्षमताले भ्याय सम्मको विकाश त गरे तर अबको विकाश पुरानै शैली र योजनामा गरेर सम्भव छैन् । विकाशमा नयाँ प्रविधि, नयाँ सोच भित्र्याउनु जरुरी छ । त्यसका लागि सर्वप्रथम अब नुवाकोटे जनताले नेतृत्व परिवर्त गर्न आवश्यक छ । पार्टीका उम्मेदवार जिताएर सोहि पार्टीका नेता कार्यकर्ताको मात्र विकाश भयो तर जिल्ला र क्षेत्रमो अवस्था ज्यूँका त्यूँ । त्यसैले पनि अवको नेतृत्व युवा, शिक्षित, प्रविधियुक्त र स्वतन्त्र हुनुपर्ने जनताको माग र नुवाकोट र नुवाकोटे जनताको विकाश नयाँ ढंगबाट गर्ने खाकाँ सहित आफू चुनावी मैदानमा उत्रिएको पुडासैनीले बताए ।
वि.सं २०७४ को निर्वाचनमा नुवाकोट क्षेत्र नं १ बाट माओवादी केन्द्र र २ बाट नेकपा एमाले निर्वाचित भएको थियो । आगामी निर्वाचनमा सत्ता पक्षले गठबन्धन गर्ने भए संगै कुन पार्टीको भागमा कुन क्षेत्र पर्ने भन्ने चर्चा रहेको छ । क्षेत्र नं १ मा गठबन्धनकै पार्टी माओवादी केन्द्रले जितेकाले पुन आफ्नै पार्टीले उक्त क्षेत्र पाउनु पर्ने अडान माओवादीको छ । तर सोहि क्षेत्रबाट नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका प्रकाशशरण महतले पनि सोहि क्षेत्रकाट चुनाव लड्ने कोसिसमा छन् । त्यस्तै क्षेत्र नं २ मा गठबन्धनको शिर्ष दल कांग्रेसले नै पाउनु पर्ने कांग्रेसको दाबि छ । सोहि अनुरुप कांग्रेसका फरक फरक गुठबाट आ आफ्नो उम्मेदवारी रहने दाबि गरिरहेका छन् । नेकपा एमाले भने कुन क्षेत्रबाट को उठ्ने भन्ने बारे आन्तरिक तयारी गरिरहेको छ ।
समग्रमा हेर्दा यस पटक पनि नुवाकोटको दुवै क्षेत्रमा दलहरुले पुरानै उम्मेदवार उठाउने सम्भावना बढी छ । त्यसो हुदाँ जनता पुराना नेताको सट्टा विकल्पमा अबको नेतृत्व युवा, शिक्षित, प्रविधियुक्त र स्वतन्त्र हुनु पर्छ र त्यस्ता उम्मेदवारबाट मात्र अब नुवाकोटको विकास सम्भव छ भन्ने पक्षमा छन् । नुवाकोटको विकाश नहुनु नै विकाशका नयाँ रुपरेखा नकोरिनु हो भन्ने भनाई पुडासैनीको छ । अहिले सम्म नेताहरुले विकाशका नाममा बजेट त हालिरहेका छन् तर कहाँ र कस्तो ठाउँको विकाशमा कस्तो विकास योजना छ भन्ने अत्तोपत्तो छैन् । अग्ला डाडामा भ्युटावर बनिरहेको छ । त्यहाँ पुग्न सहज सडकको निर्माण भएको छैन् अनि के काम लाग्यो त्यो भ्युटावर, कसरी विकाश मान्ने त्यसलाई ? रानीपौवा, ककनी हुदैँ जिल्ला सदरमुकाम जाने बाटोको हालत त्यस्तो भएको कति समय भयो ? एउटाले आर्को दल र नेतालाई गालि गर्दैमा नेताको समय विति रहेको छ । तर जनताले सधै सोहि कारण दुख भोगि रहेका छन् । स्थानिय तह संग केन्द्रका प्रतिनिधिले सहकार्य गरेको भए पनि आज उक्त सडक निर्माण हुने थियो । आजको मुख्य समस्या नै केन्द्रका प्रतिनिधि र स्थानिय तहको प्रतिनिधि बिच समन्वय नहुनु हो । वर्षमा एक पटक बजेट हाल्दैमा ठूलो बिकासको काम गरे भन्ने भ्रम हाम्रा नेताहरुमा छ । अब त्यस्तो भ्रमलाई र्चिदै स्थानिय पालिका संगको समन्वयमा विकाश गर्ने लक्ष्य रहेको पुडासैनीको भनाई छ ।
स्थानिय सरकारका राम्रा कामलाई सर्मथ गर्दै गलत कामलाई खबरदारी गर्नुपर्ने मान्यता पुडासैनीको छ । विकासको खाकाँ आफैले तयार गरेर सोहि अनुसार बजेट विनियोजन गर्ने हो भने नुवाकोटको विकास गर्न समयनै लाग्दैन । जिल्लामा अझै पनि व्यवस्थीत खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्य जस्ता अत्यावशेक कुरा सहज हुन सकेको छैन् । पार्टीका कार्यकर्तामुखि बजेटको योजनाका कारण नै नुवाकोट आज सम्म पनि विकाशमा पछि परिरहेको छ । यस्तो पद्धतिको अन्त्य गरि समृद्धि र दिगो विकाशका लागि आफूले आगामि निर्वाचमा संघिय क्षेत्र नै रोजेको उनले बताए । छिट्टै नै आफ्ना एजेण्टाका साथ हरेक नुवाकोटवासि सम्म पुग्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्