
काठमाडौं- आज३० साउन २०७९, सोमबार । साउन महिनाको अन्तिम सोमबार । तद्नुसार अगष्ट महिनाको १५ तारिक २०२२ । भाद्रकृष्णपक्ष त्रयोदशी, बब करण, उत्तरभाद्रपदा नक्षत्र, धृति योग, चन्द्रमा मीन राशिमा रहेको छ ।
आज बिहान सूर्योदय ०५ः३४ मा भएको छ भने सूर्यास्त ६ः४४ मा हुनेछ । आज बिहान ७ः१३ देखि ८ः५२ सम्मको समय राहुकाल रहेको छ । यो समय बाहेक सोमबार शुभ समय छ । आज ११ः४३ देखि १२ः३५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्दा राम्रो हुनेछ । पक्षको हिसाबले भाद्रकृष्ण भए पनि महिनाको हिसाबले मात्र साउन रहेको हो । आजका देवता जल, ग्रहदेव राहु हुन् । आजको दिन शिवालयको यात्रा गर्नु उत्तम हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सानासाना कुरामा शंका र चिन्ता बढ्ने देखिन्छ । आफ्नै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । पुँजी बजारमा आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागी पनि भइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कुनै कुराले मनमा शान्ति छाउनेछ । लाभदायक र खुसीपूर्ण यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज गरेको कामबाट अपेक्षाकृत सफलता हात पर्नसक्छ । आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । शेयर बजारमा आकर्षण र लाभको अवसर आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । यात्रामा मालसामान पनि हराउन सक्छ, तर अन्तिम समयमा काम बन्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज चलाखीपूर्ण बोलीले काम बन्ने र आर्थिक लाभ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प.नारायणप्रसाद दुलाल)
प्रतिक्रिया दिनुहोस्