images
images
  • आज २०७९ साउन २९ गते, थाहा पाउनुहोस् आइतवारको राशिफल

    काठमाडौं- आज २९ साउन २०७९, आइतबार । तद्नुसार अगष्ट महिनाको १४ । भाद्रकृष्णपक्ष द्वीतीया, वणिज करण, पूर्वभाद्रपदा नक्षत्र, सुकर्मा योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः३३ मा भएको छ भने सूर्यास्त ६ः४५ मा हुनेछ । आज पनि पञ्चक रहेको छ । पञ्चक भएको बेला शुभकार्यलाई दोष मानिन्छ ।

    आज साँझ ५ः०६ देखि ६ः४४ सम्मको समय राहुकाल छ । बिहान ११ः४३ देखि १२ः३५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा हरेक दिन शुभ मानिन्छ । आइतबार बिहान सूर्योदयको दर्शन गर्दा साताका दिन शुभ हुन्छ भन्ने मान्यता रहेको छ । आजको देवता इन्द्र र ग्रहदेव मंगल रहेको छ ।

    सरकारी कामकाजका लागि आइतबारको दिन शुरुवात गर्दा राम्रो हुनेछ । आइतबारको दिन आदित्यहद्य स्त्रोत पाठ गर्न सकिन्छ ।

    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    स्वादिष्ट भोजन पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्नेछ । पढाइ लेखाइमा उन्नति र प्रगतिको वातावरण बन्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज अनवास्यक यात्रा हुनसक्छ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । जोशजाँगरमा पनि कमी ल्याउन सक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउने र आत्मिक सन्तुष्टि मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्लान्, तर साँझमा शुभ समाचार पाइनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । उपहार र मान सम्मान पनि पाइन सक्छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग समेत रहेको छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्नेछ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प.नारायणप्रसाद दुलाल)

    प्रतिक्रिया दिनुहोस्
    images
    images