काठमाडौं- आज २८ साउन २०७९, शनिबार । तद्नुसार अगष्ट महिनाको १३ तारिक २०२२ । भाद्रकृष्णपक्ष प्रतिपदा, रोपाइजात्रा, पञ्चक पनि शुरु भएको छ । पञ्चकका बेला शुभकार्य ग्राह्य मानिदैन । तैलिल करण, शतभिषा नक्षत्र, शोभन योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ ।
आजको देवता वृहस्पति र ग्रहदेव सूर्य रहेको छ । आज ११ः४३ देखि १२ः३५ सम्मको समय शुभ रहेको छ । यो समयमा गरेका कम सफल हुनेछ । शनिवारको दिन नजिकको शिवालय वा देवालय यात्रा गर्न सकिन्छ । महिनाको हिसाबले साउन रहेपनि आजबाट भाद्रकृष्णपक्ष शुरु भएको छ ।
शनिवारको दिन फलामको दान गर्दा पनि शुभ हुनेछ ।
आजको राशिफल :
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग पनि रहेको छ
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा कमी आउन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको चैं विशेष ख्याल गर्नुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ । धार्मिक यात्राको योग छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । दैनिक कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प. नारायणप्रसाद दुलाल)























