images
images
  • आज २०७९ साउन २७ गते, थाहा पाउनुहोस् शुक्रवारको राशिफल

    काठमाडौं- आज २०७९ साउन २७ गते, शुक्रवार । १२ अगस्ट २०२२। श्रावण शुक्लपक्ष पूर्णिमा तिथि, ७ः२५ बजेदेखि भाद्र कृष्ण प्रतिपदा। धनिष्ठा नक्षत्र। चन्द्रराशि– मकर, १६ः३४ बजेदेखि कुम्भ।

    आजको राशिफल :

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । शुभ समाचार सुन्न पाइएला । आस मारेको काम बन्नेछ, तर पेटको समस्या बढ्न सक्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ काममा मन जानेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज सामान चोरी हुने भय छ । टाउको दुख्ने समस्या हुन सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा नै हुनेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भक्ति पनि बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    सानातिना बाधा आइलागे पनि काम रोकिने छैन र कार्य सम्पादनमा सहजता मिल्दै जानेछ । विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    नयाँ कार्यको योजना बन्ने र नयाँ वस्त्र प्रगतिको योग छ । सरकारी निकायबाट सहयोग मिल्नेछ । शेयर बजारमा गरेको लगानी पनि राम्रो हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबारमा मन्दी आउनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प. नारायणप्रसाद दुलाल)

    प्रतिक्रिया दिनुहोस्
    images
    images