
काठमाडौं- काठमाडौं उपत्यकामा निजी शिक्षण संस्थाले मनपरी शुल्क तोकेका छन् । उपत्यकामा आफू खुसी शुल्क तोक्ने मध्ये ११ कलेजहरु टप लिस्टमा रहेका छन् । सरकारले निजी शिक्षण संस्थाको लागि शुल्क तोक्ने कुनै मापदण्ड बनाएको छैन् । भर्ना र मासिक शुल्कबाहेक निजी कलेजहरुले परिक्षा, अतिरिक्त क्रियाकलाप र बस भाडामा महङ्गो शुल्क लिने गरेका छन् ।
महङ्गो शुल्क लिने विधालयहरु मध्ये ललितपुरमा रहेको जेम्स् स्कुल, कमालादीस्थित यूनी ग्लोब कलेज, दिल्ली बजारस्थित ट्रिनिटी इन्टरनेसनल कलेज, यूनाइटेड एकेडेमी, बालकुमारीमा रहेको क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (सिसिआरसि), केमसीको नामले चिनिने काठमाडौं मोडेल कलेज , लाजिमपाटस्थित जेभियर एकेडेमी, गोल्डेन गेट इन्टरनेसनल कलेज, हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज, नेशनल स्कुल अफ साइन्स (निस्ट) र प्रसादी एकेडेमी रहेका छन् ।
उक्त निजी शिक्षण संस्थाले एसईई परीक्षा उत्तिण भई कक्षा ११ मा पढ्ने विधार्थीसँग महङ्गो शुल्क लिने गरेका छन् । जसले गर्दा निजी संस्थाहरुले मनग्गे आमदानी गरी रहेका छन् । विज्ञान, व्यवस्थापन र मानविकी पढ्ने विधार्थीहरुलाई बार्षिक १ लाखदेखि ३ लाख ७५ हजारसम्मको शुल्क लिने गरेका छन् ।
हेर्नुहोस् कुन कलेजले कति शुल्क लिन्छ ?
१.काठमाडौं मोडल कलेज
विज्ञान : ३ लाख १५ हजार
व्यवस्थापन : १ लाख ५६ हजार
२.जेम्स् स्कुल
विज्ञान : ३ लाख ७५ हजार
व्यवस्थापन : ३ लाख ५१ हजार
३.यूनी ग्लोब कलेज
विज्ञान : २ लाख ५२ हजार
व्यवस्थापन : १ लाख ९२ हजार
४.ट्रिनिटी इन्टरनेसनल कलेज
विज्ञान : १ लाख ७८ हजार
व्यवस्थापन : १ लाख ४६ हजार
मानविकी : १ लाख ४६ हजार
५.यूनाइटेड एकेडेमी
विज्ञान : १ लाख ७७ हजार
व्यवस्थापन : १ लाख ५५ हजार
६.क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (सिसिआरसि)
विज्ञान : १ लाख ६९ हजार
व्यवस्थापन : १ लाख ५ हजार
मानविकी : १ लाख ५ हजार
७.जेभियर एकेडेमी
विज्ञान : १ लाख ७६ हजार
व्यवस्थापन : १ लाख ६४ हजार
८.गोल्डेन गेट इन्टरनेसनल कलेज
विज्ञान : १ लाख ७५ हजार
व्यवस्थापन : १ लाख २४ हजार
९.हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज
विज्ञान : १ लाख ५३ हजार
व्यवस्थापन : १ लाख २६ हजार
१०.नेशनल स्कुल अफ साइन्स (निस्ट)
विज्ञान : १ लाख ५० हजार
व्यवस्थापन : १ लाख ६ हजार
११.प्रसादी एकेडेमी
विज्ञान : १ लाख ६० हजार
व्यवस्थापन : व्यवस्थापन ८९ हजार
प्रतिक्रिया दिनुहोस्