images
images
  • बजेट घोषणा अनुसार नै तलबमान लागू हुन्छ : अर्थमन्त्री शर्मा

    काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने बताएका छन् ।

    बजेट घोषणा विपरीत कर्मचारीहरूको तलब असमान ढङ्गले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरूका नेताहरुले सोमबार अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाब दिएका थिए ।

    उनीहरूसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।

    ५ कर्मचारी सङ्गठनका अध्यक्षहरूसँगको भेटमा अर्थमन्त्री जनार्दन शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र ‘पे कमिसन’गठन गर्ने प्रतिबद्धता व्यक्त गरेको पोखरेलले बताए ।

    पोखरेलसहित निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष हरि बहादुर रावल, मधेसी कर्मचारी सङ्गठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष मोहन घिमिरेले अर्थमन्त्री शर्मालाई भेटेका थिए ।

    अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सबै राष्ट्र सेवक कर्मचारीहरूको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख थियो । तर साउन १ गतेदेखि लागु हुने कर्मचारीहरूको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि गरेर सार्वजनिक भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images