images
images
  • बडिमालिका यात्रा आजबाट सुरु, दर्शनका लागि सरकारी टोली प्रस्थान

    बाजुरा- बाजुराको धार्मीक आस्थाको धरोहर बडिमालिका यात्रा आजबाट सुरु भएको छ । पुजाका लागि सदरमुकाम मार्तडी देखी सरकारी टोली आज (सोमबार) विहान प्रस्थान विहान गरेको यत्राका संयोजक अथवा वडा नम्बर ६ का वडाध्यक्ष कृष्ण बहादुर खड्काले बताएका छन्।

    बडिमालिका र बुढिनन्नदा माईको दर्शनका लागि तीर्थयात्रा २३ गते अर्थात आजबाट सुरु भएको हो । चार दिन सम्म निरन्तर पैदल हिडेपछी चतुरदर्शीका दिन बडिमालिका मन्दिरमा विशेष पुजाआजा सहितको मेला लाग्ने गर्दछ ।

    बाजुरा जिल्लाका बिभिन्न धार्मीक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतीबेला लावा लस्कर लागेको छ । जिल्लाका महत्वपुर्ण र्धार्मिक स्थल बडिमालिका र बुढिनन्दा जाने भक्तजनहरुले हिजोबाट नै यात्रा सुरु गरेका छन । यस बर्ष बडिमालिका नगरपालिकाद्धारा बडिमालिका यात्रा बर्ष २०७९ को रुपमा योजना बनाएर तयारी गरेको बडिमालिका नगरपालिकाकाले जनाएको छ ।

    298078794 371642925128524 6915837301364177316 n 1 e1659931896690

    बडिमालिका नगरपालिकाको कार्यालयका अनुसार बडिमालिका यात्रा बर्ष योजनाका साथै बाटोमा बस्नका लागि त्रिपालहरुको ब्यस्था अस्थायी चर्पीको ब्यबस्थापन गर्न नगरपालिकाले एक हप्ता अगाडीबाट कार्य थालिसकेको बताइएको छ ।

    बाजुराका धार्मीक धरोहरका रुपमा रहेका बडिमालिका र बुढिनन्दा धार्मीक पिठमा साउन पुर्णिमामाको अघिल्लो दिन पुजालाग्ने गर्दछ । सो मेला भर्न जाने श्रदालु भक्तजन त्यस ठाउँतिर केही दिन अघि देखी नै जान सुरु भएका भए पनि बडिमालिका जाने सरकारी टोली भने आज प्रस्थान भएको छ ।

    यस बर्ष साउन २६ गते बडिमालिकामा पुजा लाग्ने छ । पुजा गर्नुका साथै त्यहा घुम्न जाने तिर्थालु भक्तजनहरु केही दिन पहिले देखी नै प्रस्थान गरिसकेको बडिमालिका पुजा ब्यस्थापन समितिले जनाएको छ । अघिल्ला २ बर्षहरुमा कोरोना महामारीका कारण धेरैले पुजा गर्न पाएका थिएन । यो बर्ष धेरै संख्यामा श्रद्धालु भक्तजनहरुको बडिमालिका र बुढिनन्दामा जानेको संख्या बढ्न सक्ने अुनमान गरिएको छ ।

    पुजा तथा दर्शन गर्नका लागी देश भर बाट उल्लेखनिय रुपमा बडिमालीमा पुग्ने गर्दछन् । स्वदेशी मात्र नभएर विदेश भक्तजनहरु समेत बडिमालीका पुग्ने गर्दछन् ।

    1 1 1

    गुमनाम रहेको बडिमालिकामा पछिल्ला केही वर्षयता व्यावसायिक पर्यटनको सुरुआत भएको छ। वर्षको एकपटक मेला लाग्ने यस मन्दिरको दर्शन गर्दा आफूले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ।

    छिमेकी जिल्ला कालिकोट, मुगु, हुम्ला र जुम्ला काठमाण्डौं लगाएत देशका विभिन्न स्थानबाट समेत दर्जनौ तिर्थालु टोलीहरु मालिका मन्दिरमा पुजाआजा र रमणिय दृष्य अवलोकनका लागि बडिमालिमा आउने गर्दछन् ।

    298264300 146691167992536 6165381752851068120 n e1659931781490

    बडिमालिका माई र तिर्थालुलाई सलामी :

    यो वर्षबाट बाजुराबाट पनि बडिमालिका माई र तिर्थालुलाई सलामी दिएर यात्रा सुरूवात गरेको नगर उपप्रमुख नन्दा थापाले जानकारी दिएकी छन् ।

    उपप्रमुख थापाले यात्राको लागि सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेनाका प्रमुख लगायत सुरक्षाकर्मी, सरकारी कार्यालयका प्रमुख लगायत कर्मचारी, यात्रामा बाजा बजाउनेहरू, मागल गाउनेहरू, कलश यात्रामा सहभागी हुने पञ्चकन्याहरू, जमाराको लागि सहयोग गर्ने महिला दिदिबहीनीहरू, नगरपालिकाका भद्रभलाद्मि, पुजारी, ब्राह्मण, तिर्थालु, पत्रकार लगायत सबैलाई धन्यवाद दिएकी छन् ।

    भिडीयो:गिन्द्र बोगटी

    कति दिन लाग्छ ?
    प्रदेशको राजधानी धनगढीबाट बडिमालिकाको यात्रा ७ देखि ९ दिनसम्मको उपयुक्त मानिन्छ। गाडीमा पहिलो दिन धनगढीबाट बाजुरा पुगिन्छ। सदुमुकाम मार्तडीबाट भने ५ दिनमै यात्रा पुरा हुन्छ ।

    पहिलो रात मार्तडी अथवा बाम्का फालासेन बजारमा बास बस्न सकिन्छ। दोस्रो दिन सुरु हुन्छ, पदयात्रा। बाम्का बजार भएर गए विस्तारै हिँड्ने मान्छे दोस्रो रात लादे पाटन वा सोता भन्ने स्थान पुग्छ। तेस्रो रात, त्रिवेणी र चौथो रात बडिमालिका पुग्न सकिन्छ।

    बडिमालिकाबाट विष्णु पानी, चङ्केली, फिरफिरेको अग्लो डाँडा हुँदै, लिस्ने गौडी, बूढीमाईको थान जान सकिन्छ। त्यहाँबाट धर्म घर, बल्ले ढिकुरा, ठूलागडा, धौलपुरी दहबाट पाँचौं दिन नाट्येश्वरी। छैटौं दिन नाट्येश्वरी दर्शनपछि दिपायल र सातौं दिन धनगढी फिर्ता हुन सकिन्छ। चतुदर्शीमा बडिमालिकाको दर्शनपछि जनैपूर्णिमा नाट्येश्वरीको दर्शन गरिन्छ। त्रिवेणी भएर बडिमालिका जानुपर्ने परम्परा भएका कारण कोर्ध भन्ने स्थान भएर जान बेश हुन्छ। कोर्धबाट बुढा कोर्ध, त्यहाँबाट लादे पाटन र अनि आउँछ, सोता।

    Patan

    मेलाको समयमा सोतामा चियाखाजाको व्यवस्था हुन्छ। चिया खाएपछि सुरु हुन्छ, उकालो पदयात्रा। झन्डै एक घण्टाको उकालोपछि आउँछ, घोडा पाटन। आधा घण्टा लामो पाटन क्षेत्रपार गरेपछि झन्डै एक घण्टाको ओरालो। फेरि एक घण्टाको उकालो। त्यसपछि भितो चिर्ना। त्यहाँबाट झन्डै अढाई घण्टामा त्रिवेणी। त्रिवेणीबाट बिहानै हिँडेपछि विस्तारै हिँड्ने मान्छे पनि चार घण्टामा बडिमालिका पुग्छ। बडिमालिकामा त्रयोदशीको राति बास बसेर चतुदर्शीको बिहानै बडिमालिकाको पूजा गरी तीर्थालुहरू नाट्येश्वरीमा जनैपूर्णिमामा लाग्ने मेला भर्न हिँड्छन्।

    यस्तो छ बडिमालिका पदयात्रा तालिका :
    २३ गते: मार्तडी देखि सोता-घोडेपाटन अथवा (फालासैन र बाम्का बजार बाट कैलाशमाण्डौ डाडा हुँदै बिष्णु पानी)
    २४ गते: घोडेपाटन देखि त्रीवेणि धाम (अथवा बिष्णु पानी बाट त्रिबेणि धाम)
    २५ गते: त्रीबेणी देखि बडिमालिका मन्दिर (माताको दर्शन ,पुजा )
    २६गते: बडिमालिकादेखि नाट्यश्वोरी (बिहान माताको दर्शन गरेर नाट्यश्वोरी पुग्ने)
    २७ गते : त्रिबेणि नगरपालिका -७ मा पर्ने नाटेश्वरी माईको दर्शन ,पुजा (रक्षा बन्धक/जनै पुर्णिामा)

    Trivini Ghoda

    प्रमुख आकर्षण क्षेत्र:
    – बडिमालिका मन्दिर क्षेत्र
    – त्रीवेणी पाटन क्षेत्र
    – लौरि बिनायक
    -नाट्यश्वोरी मन्दिर
    – २२ पाटनको सुन्दर प्राकृति दृश्यवलोकन
    -खेतीबेति
    – हिमालयका दृश्य
    – बहुमुल्य जडिबुटीको अवलोकन
    – धवलपुरी दह/ ताल
    – कैलाशमन्दिर / करासैन कैलाश
    -किन्नी छडो
    – बडिमालिका भण्डार गृह मेला

    297964672 2597886267014791 2332081513731965461 n

    Untitled 2 1

    3

    Badimalika 7

    Badimalika 3 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images