काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको नयाँ कार्यकाल ९ वर्ष २०२१ देखि २०२३ को कार्यकालका लागि भएको निर्वाचनमा बुद्धिसागर सुवेदी निर्वाचित भएका छन् ।
शनिबार र आइतबार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो । मतदानका लागि कुल २० हजार १३८ मतदाता रहकोमा १५ हजार ७६८ ले मतदान गरेका थिए । सुवेदीले कुल मतको ३६ प्रतिशत ल्याएका छन् ।
मे २९ बिहानबाट सुरु भएको मतदानको समय ९अमेरिकी समयअनुसार० मे ३० को ११ः५९ रातमा सकिएको थियो । मत सर्भेक्षण अनुसार अध्यक्षमा बुद्धिसागर सुबेदी बिजयी हुने सुनिश्चित देखिएको थियो । मतदान सम्पन्न भएको केही समयमै निर्वाचन समितिले परिणाम सार्वजनिक गरिरहेको छ ।
वरिष्ठ उपाध्यक्षमा ६ हजार ८ सय ५० ल्याई कृष्णजीवी पन्त बिजयी भएका छन । उनका निकटम प्रतिद्धन्द्धीमा बीआर लामा आएका छन् । उनले ५ हजार १ सय ९० मत ल्याए । महासचिवमा अन्जनकुमार चौलागाइ ६ हजार ३ सय १२ मत प्राप्त गरेर विजयी भए । उनका प्रतिस्पर्धी विनोद भट्टले ५ हजार १ सय ४५ मत प्राप्त गरे ।
मत परिणामअनुसार उपाध्यक्षमा पन्तबाहेक सबै पदाधिकारी सुबेदी प्यानलका विजयी भएका छन । एनआरएनए अमेरिकामा २० हजार एकसय ३८ मतदाता थिए ।
को हुन् बुद्धि सागर सुबेदी ?
स्याङ्जा टक्सारका सुवेदी परिवार चितवनमा बसाई सराई गरेको हो । चितवनको माडीमा पढाईमा सधैँ प्रथम द्वितीय भै रहन्थे । उनले निमावि र माडी मावि वसन्तपुरमा पढे । २०४४ सालमा प्रबेशिका परीक्षा प्रथम श्रेणीमा उनले उक्त बिद्यालयबाट गरे ।
बुद्धिसागर पढाईमा तेज थिए भने उनले वन बिषयमा पोखरामा पढेका हुन् । उनि पहिला बिद्यालयको शिक्षक अनि पछि महाविद्यालयको प्राध्यापक भए । हाल उनि स्थापित अमेरिकाको विस्कनसिनका सफल व्यवसायी हुन् ।
पोखरामा वन बिषय पढ्दै गर्दा आन्दोलनमा छात्रावासमा पक्राउ परे पछि १र२ दिन थुनामा परे । उनले बाणिज्य प्रशासनमा स्नातकोत्तर गरेका छन् ।उनले कालिकोट गएर प्रस्तावित माविमा ३ बर्ष प्रअ भएर काम गरे ।
उनले पब्लिक यूथ, मीन भवन क्याम्पसमा लगायतमा २०५४ बाट २०६१ सम्म पढाए।त्यस पछि उनले नयाँ बानेश्वरमा कान्तिपुर इन्स्टिच्युटमा नामक सँस्था खोले जहाँ १७( १८ सय विद्यार्थी अध्ययनको लागि आउँथे। उनको उक्त सँस्थामा वित्तीय र लेखा पढाई हुन्थ्यो ।
उनि अत्यन्तै व्यस्त प्राध्यापक तथा शिक्षक थिए । बिहान साढे ४ बजेदेखि बेलुवा १० बजेसम्म पढाउन महाव्यस्त हुन्थे । त्यसै बीच उनले अमेरिकाले खोल्ने विविधता चिट्ठा अर्थात् डिभी परेकोले २००३ मा परिवार साथ अमेरिका आएका हुन् ।
उनि प्रारम्भमा अमेरिकाको बाल्टिमोर आएपछि इन्ध चौकीमा काम पनि गरे २००६ बाट व्यवसाय प्रारम्भ गरे । उनका थुप्रै व्यवसाय संचालनमा छन् भने ३० वटा व्यवसायमा झन्डै सय भन्दा ज्यादा नेपालीलाई उनले रोजगारी दिएका छन् ।
विस्कान्सनमा बसाई सराई गरे पछि सुवेदीकै नेतृत्वमा नेप्लिज एप्पलटन यूथ एसोसिएसन खोले भने हाल सम्म उनि त्यसको संरक्षक पनि छन । सुबेदी एनआरएनए विस्कनसिन शाखा अमेरिकाको २०१७रर१९ को संस्थापक सभापति भए । स्थानीय स्तरबाट सङ्घर्ष गर्दै क्षेत्रीय तह हुँदै उपाध्यक्षसम्म भए । र उपाध्यक्ष संगै उनि गैर आवासीय नेपाली संघ अमेरिकाको लागि अध्यक्ष पदका प्रत्यासी भए र बिजयी भएका छन् ।
सुबेदी सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न भएका हुन् । अमेरिकामा उनि सफल व्यवसायी हुन् भने मिसिगन राज्यमा तल्लो स्तरमा काम गर्दै मिसिगनको अध्यक्ष ,अमेरिकाको उपाध्यक्ष र २०२१(२०२३ को लागि अध्यक्षको प्रत्यासी भएका थिए।
उनले जहाँ जाँदा पनि शाखाबाटै काम सुरु गरेकोले समस्या बुझेको र यसलाई कसरी समाधान गर्न पनि तयार रहेको बताएका थिए । संस्थालाई गर्व गर्न लायक र सामूहिक हितमा काम गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए । उनले तपाईहरुको अध्यक्ष हुन् काम गर्नेछु । साथै यस संस्थालाई समुदायमा पुग्न सक्ने बनाउने आफ्नो ध्येय रहेको बताएका थिए ।
उनले आफू मत माग्न आएको हैन र कामको मुल्यांकन समुदायले गर्ने छ भनेका थिए ।
प्रकाशित मिति २०७८ जेठ १७ गते सोमबार ०७:४४