images
images
  • बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

    सिन्धुपाल्चोक- निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।

    निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ । वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो ।

    गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images