images
images
  • आज २०७९ साउन २० गते, थाहा पाउनुहोस् शुक्रवारको राशिफल

    काठमाडौं- आज २०७९ साउन २० गते शुक्रबार । तद्नुसार अगष्ट महिनाको ५ तारिक २०२२। श्रावण शुक्लपक्ष अष्टमी तिथि। स्वाती नक्षत्र, १५ः२३ बजेदेखि विशाखा। चन्द्रराशि– तुला।

    आज बिहान सूर्योदय ५:२९ मा हुनेछ भने ६:५२ मा सूर्यास्त हुनेछ । आज विहान १०:३० देखि १२:११ सम्मको समय राहुकाल रहेको छ । यो समयमा आजको दिन शूभकार्य र यात्रा नगर्नुहोला ।

    आजको देवता लक्ष्मी ग्रहदेव सूर्य रहेको छ । विहान ११:४४ देखि १२:३७ सम्म अभिजित मुर्हूत रहेको छ । शुक्रबारको दिन यात्रा र मनोरञ्जनात्मक कार्यका लागि शुभ दिन मानिन्छ । आजको दिन देवालयको यात्रा पनि शुभ मानिन्छ । अन्तर्राष्ट्रिय आयात निर्यातको काममा लागि शुक्रबार र आजको दिन शुभ रहेको छ ।

    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज रमणीय र सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    प्रेमीको सहयोग प्राप्त हुनेछ । टेक्निकलको क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आजबाट पुराना र रोकिएका कार्य पुनस् प्रारम्भ हुनेछ । गरेको कार्य सम्पादनमा सहजता मिल्नेछ, तर चोटपटकको भय छ, सचेत रहनुहोला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरूबाट धोका हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक यात्राको योग छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोबारमा विवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प. नारायणप्रसाद दुलाल)

    प्रतिक्रिया दिनुहोस्
    images
    images