काठमाडौं- आज आज १८ साउन २०७९, बुधबार । तद्नुसार अगष्ट महिनाको ३ तारिक २०२२ । श्रावणशुक्लपक्ष षष्ठी, बालव करण, हस्त नक्षत्र, सिद्ध योग, चन्द्रमा कन्या राशिमा रहेको छ ।
आज विहान सूर्योदय ५ः२८ र सूर्यास्त ६ः५२ मा हुनेछ । आजको देवता कार्तिकेय, र ग्रहदेव केतु रहेको छ । बुधबारको दिन घर गृहस्थ सम्बन्धी कार्य गर्दा शुभ हुनेछ । आज विहान ११ः४४ देखि १२ः३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्दा राम्रो हुनेछ । विहान १२ः११ देखि १ः५१ सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य गर्नुहुँदैन । बुधबारको दिन आर्थिक कारोबारको लागि शुभ मानिन्छ ।
आजको राशिफल :
मेष .चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । पारिवारिक उल्झनमा परि काम बिग्रिएला । मित्रजन र घर परिवारबाट साथ सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावना पनि रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज चिताएको कामले तीव्रता लिनेछ । व्यापारव्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाम्पत्य जीवन पनि सुखमय नै रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । धार्मिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा पनि चल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज धर्मकर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ, तर साँझमा भने खर्च बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अनावश्यक यात्रा हुनसक्नेछ । आफन्तसँग मनमुटाव बढ्ने देखिन्छ । गलत आश्वासन बाँड्नाले आफैलाई समस्या आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मङ्गल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भइएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरा पनि मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । (ज्यो.प. नारायणप्रसाद दुलाल)























