images
images
  • आज २०७९ साउन १७ गते, थाहा पाउनुहोस् मंगलवारको राशिफल

    काठमाडौं- आज साउन १७, २०७९, ,मंगलबार । तद्अनुसार अगस्ट महिनाको २ तारिक २०२२ । श्रावण शुक्लपक्ष पञ्चमी तिथि ।

    आजको दिनलाई नागपञ्चमी भनिन्छ । सनातन मान्यताअनुसार आज घरको मुल ढोकामा नागको तस्वीर टाँस्ने गरिन्छ । आज विहान सर्योदय ५ः२८ मा हुनेछ भने ६ः५३ मा सूर्यास्त हुनेछ । आज चन्द्रमा कन्या राशिमा रहेको छ । आजको देवता मित्र र ग्रहदेव बुध रहेको छ ।

    मंगलबारको दिन गणेश र हनुमानको आरधना गर्दा मनमा सन्तोष छाउने छ । आजको दिन विशेष दिन हो । दिनभर नैं शुभ मानिन्छ । मंगलबारको दिन नयाँ शुभकार्य गर्दा राम्रो हुनेछ ।

    आजको राशिफल :

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    कुनै न कुनै कुराले अनुहारमा चमकता आउनेछ । आम्दानी बढाउने योजना गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । पुँजी बजारको लगानी कमजोर रहला । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ

    कर्कट .हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । जटिल ठानिएको कामसमेत सहजै सम्पादन हुनसक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । इच्छा शक्ति पनि बढेर जानेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक यात्रामा मन जानेछ । व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू आजै पुरा हुन सक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज धर्मकर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । ( ज्यो.प नारायणप्रसाद दुलाल)

    प्रतिक्रिया दिनुहोस्
    images
    images