images
images
  • आज २०७९ साउन १४ गते, थाहा पाउनुहोस् शनिवारको राशिफल

    काठमाडौं- आज १४ साउन २०७९, तद्नुसार ३० जुलाई २०२२ । श्रावणशुक्लपक्ष द्धितीया, बालव करण, अश्लेषा नक्षत्र, व्यतिपात योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः२६ मा हुनेछ भने सूर्यास्त ६ः५६ मा हुनेछ । शनिवारको दिन कुनै शिवालय यात्रा गर्दा मनमा आनन्द प्राप्त हुनेछ । आजको देवता रुद्र र ग्रहदेव राहु रहेको छ । शनिवारको दिन कुनै पिपलको वृक्षमा जल अभिषेक गर्दा मनमा प्रसन्नता प्राप्त हुनेछ ।

    शनिवारको दिन शनिदेवको जप, ध्यान गर्दा शुभ हुनेछ । आज विहान ८ः४८ देखि १०ः३० सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै शुभकार्य गर्नु हुँदैन ।

    आजको राशिफल :

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    मनमा दुबिधा उत्पन्न होला । शृङ्गारमा धन खर्च हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेमसम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । सोच्दै नसोचेको धन हातलाग्न सक्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज सुखद् यात्राको योग छ । स्व विवेकको प्रयोगले कार्य सिद्ध हुनसक्छ । वित्तिय संस्थाबाट सहयोग पनि पाइने र दिन सुखद् रहनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    आज आस्था बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वित्तीय संस्थाबाट लाभ नै मिल्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, युं)
    प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भेंं)
    आज पनि समय भरपर्दो रहनेछैन । दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुस्खी बनाउनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    आज उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट धोका पाइनसक्छ सचेत रहनुहोला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज धार्मिक कार्यमा मन जानेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । -(ज्यो.प. नारायणप्रसाद दुलाल)

    प्रतिक्रिया दिनुहोस्
    images
    images