काठमाडौं- १२ साउन २०७९, बिहीबार । २८ जुलाई २०२२ । श्रावणकृष्णपक्ष अमाबस्या अर्थात् औशी । पुनर्वसु नक्षत्र, चतुष्पद करण, वज्र योग, चन्द्रमा कर्कट राशिमा छ । आज बिहान सूर्योदय ५ः२५ मा भएको छ भने सूर्यास्त ६ः५६ मा हुनेछ ।
आज औंशी भएकाले मृतक पितृहरुको नाममा दान र जल अर्पण गर्न सकिन्छ । औशीको दिन नकारात्मक असर पर्ने भएकाले शुभकार्यका लागि त्यति राम्रो मानिदैन ।
बिहीबार अध्ययन अध्यापन, नयाँ शैक्षिक कार्यका लागि शुभ मानिन्छ । तर, औंशी परेकाले आजको दिन कुनै नुतत शुभकार्य नगर्दा राम्रो हुनेछ । आजको देवता वरुण र ग्रहदेव चन्द्र रहेको छ । आजको दिन बिहान सूर्योदयको दर्शन गर्नु उत्तम मानिन्छ ।
यस्तो छ आजको राशिफल:
मेष
नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
बृष
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।
मिथुन
विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट
प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।
सिंह
घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।
कन्या
छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।
तुला
मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।
बृश्चिक
आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमापनि सङ्कट आउन सक्छ ।
धनु
आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।
मकर
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफन्तसंग रमाइलो भेटघाट हुनेछ । मनोरन्जनमा सहभागिता भईएला । प्रेममा मधुरता छाउनेछ ।
कुम्भ
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।
मीन
रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धव बाट विशेष सहयोग मिल्नेछ । पारिवारीक झमेला रहला ।























