काठमाडौं- वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९२ हजार ८७६ रुपैयाँ खर्च भएको छ । निर्वाचन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राविधिक तथा व्यवस्थापकीय क्षेत्रमा सो रकम खर्च भएको जानकारी गराएको हो । निर्वाचनको सुरक्षासम्बन्धी खर्च अलग्गै छ ।
आयोगका अनुसार स्थानीय तह निर्वाचनमा प्रति मतदान केन्द्र खर्च दुई करोड २९ लाख ५९८ रहेको छ । त्यस्तै प्रति मतदाता खर्च भने २८४ रहेको छ । आयोगका अनुसार यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचन, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको भन्दा कम हो ।
यस्तो छ खर्चको विवरण:
https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2022/07/Election-commission-kharcha-Press-Release-2079-04-10.pdf
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















