images
images
  • काठमाडौंमा १८ वर्षीया किशोरी बलात्कृत

    काठमाडौं- काठमाडौंमा १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा कञ्चनपुर पुनर्वास नगरपालिका–८ घर भएका २४ वर्षीय राकेश वि.कलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images