images
images
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोटका सुनार बालाजुबाट पक्राउ

    काठमाडौँ- बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोटका चन्द्रबहादुर सुनार बालाजुबाट पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरोको टिमले उनलाई बालाजुबाट शनिबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि आइतबार जिल्ला अदालत ललितपुरमा पेश गरेको छ ।

    सुनारले आफ्नो खातामा पर्याप्त रकम नभएको जान्दाजान्दै झुक्यानमा पारेर प्राइम कमर्सियल बैंकको चेक जाहेरीवालालाई भुक्तानी गरेका थिए । सुनारलाई एक दिन कैद र २४ लाख रुपैयाँ जरिवानाको सजाय फैसला भएको छ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम उनलाई सो कैद तथा जरिवानाको ठहर गरिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images