images
images
  • सचेत हुनुहोस् : स्मार्ट फोन बोकेर मान्छे स्मार्ट बनिएन भने उठिबास लाग्छ !

    काठमाडौं- अहिलेको २१ औँ शताब्दीमा डिजिटलाइजेशनले मार्केट लिएको अवस्था छ । डजिटलाइजेशनले नै सामाजिक सञ्जालका प्रयोगकर्ताहरु पनि नेपालमा बढ्दै गएका छन् । अहिलेको अवस्थामा सामाजिक सञ्जाल मानिसको जीवनमा अनिवार्य आवश्यकता नै भइसकेको छ । सामाजिक सञ्जालले नै टाढा टाढा भएका मानिसहरुलाई जोडेर राख्न सफल भएको छ ।

    सामाजिक सञ्जालले सुरुवाती दिन देखिनै मानिसको जीवन पद्धतिलाई सहज बनाएको छ । यद्यपि केहि समय यता मानिसका लागि उपयोगी हुँदै आएका मोवाइल एपलिकेशनहरु अहिले ठगीको माध्यम बनेको छ । मोवाइलमा भएका फेसबुक, भाइबर, इमो तथा ह्वासएप जस्ता एपहरुमा करोडौँको चिठ्ठा परेको अनि पुरस्कार जितेको भनि म्यासेजहरु आउने गरेको छ । यस्तै प्रलोवनमा परेर धेरै नेपालीहरु ठगीन पुुगेका छन् । यसै क्रममा पछिल्लो एघार महिनाको अवधिमा नेपालमा ५ सय ६३ जना नेपालीबाट १० करोड ५४ आख ४७ हजार ठगी भएको छ ।

    को बन्छ करोडपति:
    धनी बन्ने मन कसलाई हुँदैन र रु मानिसको मन न हो पैँसा भने पछि प्रलोवनमा त परिहाल्छन नि । पैसा नै मानिसको कमजोरी बन्न पुुगेको छ । यही कमजोरीलाई निशाना बनाएर देशको विभिन्न ठाउँमा बसेर पैसाको प्रलोवन देखाएरनै पैँसा लुट्ने काम भइरहेको छ । यसको उदाहरण हो अहिले सामाजिक सञ्जाल मार्फत भएको विभिन्न ठगी धन्दाको कारोवार । पछिल्ले ११ महिनामा को बन्छ करोडपतिमा चिठ्ठा परेको भनी १ सय ३ जनालाई ठगी गरेको पाइएको छ । उनीहरुले करोडपति बन्ने आशामा भने जति पैसा राख्दै जादा १ करोड ६० लाख ६९ हजार ६ सय ६७ रुपैँया ठगी भएको छ ।

    सस्तोमा मोवाइल ल्यापटप र क्यामेरा:
    अहिलेको महँङगीको समयमा सस्तोमा मोवाइल (आइफोन) ल्यापटप र कयामेरा जस्तो धेरै मूल्य पर्ने सामानहरु आउछ भनेपछि जस्ले पनि खरिद गर्न खोज्छन् । यस्तैगरी फेसबुकमा सस्तोमा मोबाइल, ल्यापटव र क्यामेरा दिने भन्दै पोस्टरहरु देखाँ परेका हुन्छन् । त्यस्तै पोस्टरहरु देखेपछि मानिसहरु सस्तो मूल्यमा सामान पाउने आशामा त्यहाँ भनिएको जस्तै गरी आफ्नो खाताबाट पैसा पठाइदिन्छन् । पैसा त जान्छ तर सामान भने उनीहरुले पाउदैनन् । यस्तै गरी ७२ जनाबाट एक करोड चालीस लाख ३५ हजार पाँच सय २८ रुपैँया लुटेको पाइएको छ ।

    फेसबुक ह्रयाक:
    आज भोलि फेसबुक एकाउन्टहरु ह्रयाक धेरै भएको पाइएको छ । ह्रयाकरहरुले एकाउन्ट ह्रयाक गरेर साथीहरुलाई विभिन्न म्यासेजहरु गरेका हुन्छन् । उनीहरुले साथी बनेर कुरा गर्ने गरेका छन् । यसैक्रममा आफूलाई समस्या परेर पैँसाको आवश्यकता परेको भन्दै ५८ लाख १३ हजार दुई सय सात रुपैँया सहयोगको नाममा ठगी भएको छ । ५८ जनाको फेसबुक ह्रयाक गरेर पैँसा लुटेका छन् । यति मात्रा हैन फेसबुकमा साथी भनेर सामान पठाइदिएको छु भन्दै १ सय १० नेपालीको बैंक खाताबाट एक करोड ७ लाख चालिस हजार दुई सय ८ रुपैँया ठगी भएको छ ।

    रोजगारीको विज्ञापन:
    हामी सबैलाई थाहा भएकै कुरा हो नेपालमा रोजगारीको धेरै नै अभाव छ । कति मान्छेहरु रोजगारी नपाएर भैतारिदै हिडिरहेका हुन्छन् । एउटा सानो अवसर पाए पनि रोजगारी गर्ने थिए भनेर बसिरहेका हुन्छन् यहाँ मान्छेहरु । त्यस्तै मान्छेलाई निशाना बनाएर ठगी धन्दा चलाउनेहरुले अनलाइनमा रोजगारीको अवसर साथै आकर्षक तलव तथा विभिन्न सुविधाहरु रहेको भन्दै विज्ञापनहरु आइरहेको हुन्छ । उनीहरुले जव एप्लाई गर्नको लागि केहि पैँसा दिनु पर्ने सर्त राखेका हुन्छन् । त्यही अनुसार जागिरको प्रलोवनमा सर्त पुरा गर्ने १८ जना नेपालीहरुबाट ६५ लाख १० हजार ७ सय ३२ रुपैँया लुटेका छन् ।

    ठगी धन्दामा सम्मानित व्यक्तिको तस्वीर:
    सामाजिक सञ्जालमा नेपाली प्रयोगकर्तालाई लक्षित गरी देशको सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारीको फोटोसमेत ठगी धन्दामा प्रयोग गरिएको छ । फेसबुकमा उनको फोटो राखेर ‘नेपाली जनताका लागि छात्रवृत्ति’ लेखिएको र नेपालमा प्रति परिवार १ हजार डलर पाउने दावीसहितको विज्ञापन ‘अनुदान’ नाम गरेको फेसबुक पेजमा आएको थियो । कसैले छात्रवृत्तिको प्रलोवनमा परेर त्यो पेजमा आफ्नो युजर नेम र पासवर्ड राखेमा त्यो फिसिङ साइट होस्ट गर्नेको इमेलमा जान्छ। टेकटार्गेटका अनुसार यो फिसिङ छलको एउटा तरिका हो । यसमा युजर नेम र पासवर्ड राखेपछि पीडितको लग इन विवरण वा खाता नम्बर सजिलै थाहाँ पाउन सकिन्छ । त्यसपछि आक्रमणकारीहरुले उक्त खाताबाट रकम सजिलै लुट्न पाउनेछन् ।

    ओटिपी कोड:
    हरेक बैंकका आफ्नै मोबाइल बैंङ्किङ एपहरु छन् । जस मार्फत सजिलै आर्थिक कारोबार गर्न सकिन्छ । कारोबार गर्नको लागि ओटिपी कोड चाहिन्छ । जुन सुरक्षित राख्न एकदमै आवश्यक हुन्छ । तर केहि व्यक्ति यस्ता हुन्छन् कि उनीहरुलाई आफ्नो कोड अरुलाई दिदा अप्ठेरो पर्न सक्छ भन्ने विचार नै हुन्न । त्यस्ता कोड अरुलाई दिने २७ जनाको खाताबाट ८६ लाख ३६ हजार २९ रुपैँया कारोवार भएको छ । कसले कारोबार गर्यो भन्ने कुरामा उनीहरु अन्जान नै छन् । साथै, अरुलाई कोड दिएकै कारण विभिन्न मानिसको इ–सेवाको खाताबाट २७ लाख २४ हजार हराएको छ ।

    जोगिना खोज्दा खोज्दै पनि ठगीको सिकार:
    अहिलेको टेक्नोलोजिले गर्दा कतिपय यस्ता ठगी धन्दाबाट जोगीना खोज्नेहरु पनि ठगीको सिकार बन्न पुगेका छन् । बैंक एकाउन्टका कोडहरु सुरक्षित राख्दा पनि पैँसाहरु चोरी भएका छन् । भाइबर, फेसबुक, इमो तथा ह्वाटसपएपमा विभिन्न प्रलोवन देखाएर आउने विज्ञापनमा विश्वास नगरी बेवास्ता गर्दा पनि १ सय ३३ जना ठगीको सिकार बन्न पुगेका छन् । उनीहरुबाट एक करोड ९० लाख २६ हजार रुपैँया ठगी भएको छ ।

    ठगी धन्दा चलाएर पैँसा लुट्ने काम व्यापक रुपमा बढ्दै गएको पाइन्छ । त्यसैले आफ्नो व्यक्तिगत विवरणहरु सुरक्षितसाथ राख्नु होला । समाजिक सञ्जालमा मन नै लोभ्याँउने गरी आउने चिठ्ठा तथा पुरस्कारको प्रलोवनमा धेरै नेपालीहरु ठगीन पुगेका छन । यो स्वार्थी दुनियामा कसैले कसैलाई केहि दिन्छ भन्ने आशा गर्न छोडौँ । समयमा नै सचेत बनौँ र यसरी ठगीनाबाट बचौँ । (माथि उल्लेखित तथ्याङ्क प्रहरी स्रोतमा आधारित)

    प्रतिक्रिया दिनुहोस्