images
images
  • काठमाडौं उपत्यकामा एकैदिन १९ सय ४१ सवारी चालकमाथि कारवाही

    काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ९४१ जना सवारी चालकलाई कारवाही गरेको छ ।

    ट्राफिक नियम उल्लंघन गरेको कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने १३, लेन अनुशासन पालना नगर्ने ६५, रेड लाइटमा सवारी चलाउने ६५ र नम्बर प्लेट राम्रोसँग नराख्ने २१ जना सवारी चालक छन् ।

    अन्य कारण कारवाहीमा पर्नेमा १ हजार ७६९ जना सवारी चालक छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images